• ११ मंसिर २०८१, मङ्गलबार

नेपाल प्रहरीमा उमेर हदसम्बन्धी मुद्दाको सुनुवाइ जारी

blog

काठमाडौँ, भदौ २० गते । सर्वोच्च अदालतमा नेपाल प्रहरीमा उमेर हदसम्बन्धी मुद्दाको सुनुवाइ जारी छ । बिहीबार सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा उक्त मुद्दामा सुनुवाइ जारी छ ।

उमेर हदका काररण अवकाशमा जान लागेका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीसहित पाँच जना प्रहरी अधिकृतले अवकाशको पत्र कार्यान्वयन नगर्न माग गर्नुहुँदै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।

प्रहरी ऐनमा उमेर हदबाट अवकाश हुने व्यवस्था नभएकाले आफूहरुको अवकाश कार्यान्वयन नगराउन उहाँहरुले अन्तरिम आदेश माग गर्नुभएको छ ।