• १७ भदौ २०८१, सोमबार

संस्कृत विश्वविद्यालयको निमित्त उपकुलपतिमा डा खतिवडा

blog

प्रा डा भीमप्रसाद खतिवडा

काठमाडौं, भदौ १७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संस्कृत विश्वविद्यालयको रिक्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा डा भीमप्रसाद खतिवडालाई तीन महिनाका लागि निमित्त उपकुलपतिको जिम्मेवारी तोक्नु भएको छ ।

प्रधानमन्त्री एवं कुलपति ओलीले सो विश्वविद्यालय ऐन, २०४६ को  दफा १६ को उपदफा ६ बमोजिम सोमबार उक्त जिम्मेवारी दिनुभएको जानकारी प्रधानमन्त्रीको सचिवालयले दिएको छ ।  सो विश्वविद्यालयका उपकुलपति प्रा डा यादवप्रकाश लामिछानेले गत साउन २७ गते दिनुभएको राजीनामा यही भदौ १ गते प्रधानमन्त्रीबाट स्वीकृत भएको थियो ।