• १७ भदौ २०८१, सोमबार

बाढीले बगाएर महिला बेपत्ता

blog

राममणि दाहाल

हेटौँडा, भदौ १७ गते । मकवानपुरको बकैया गाउँपालिका-६ जस्पलकी एक महिला बाढीले बगाएर दुई दिनदेखि बेपता हुनुभएको छ । वर्ष ४२ की नानीमाया तितुङ बकैया गाउँपालिका-६ कैलेनी खोला तर्ने क्रममा खोलामा आएको बाढीले बगाएर आइतबारदेखि बेपत्ता हुनुभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । 

बारा जिल्ला निजगढ नगरपालिका १० लालस्थित आफ्नै पसलबाट घर फर्कँदै गर्दा कैलेनी खोला तर्ने क्रममा एक्कासि खोलामा पानीको बहाव बढ्न गई बगाउँदा बेपता हुनुभएको थियो । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बाढीले बगाएको स्थानीयमार्फत् इलाका प्रहरी कार्यालय निजगढमा जानकारी प्राप्त भएपछि खोजतलास कार्य भइरहेको छ । 

घटनास्थल इलाका प्रहरी कार्यालय निजगढबाट करिब पाँच किमी उत्तरमा र बकैयास्थित प्रहरी चौकी गरगरेबाट करिब २२ किमी दक्षिणमा रहेको छ । सोमबार पनि खोलाले बगाएर बेपत्ता तितुङको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।