• १७ भदौ २०८१, सोमबार

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

blog

राममणि दाहाल

हेटौँडा, भदौ १७ गते । हेटौँडा उपमहानगरपालिका-१९ नेवारपानीस्थित कोसिस पेट्रोल पम्प नजिकै भएको सवारी दुर्घटनामा सोमबार एक युवकको मृत्यु भएको छ ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत नेवारपानी सडकखण्डमा नवलपरासीबाट झापाको लागि सिमेन्ट लिएर जाँदै गरेको बा.प्र.०३–००१ ख २०८६ नं. को ट्रकले हेटौँडाबाट मनहरितर्फ जाँदै गरेको बा. प्र.०२–०२२ प २५०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएकाे हो । 

ठक्करबाट हेटौँडा-९ का अभिषेक सुवेदीको मृत्युको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार ट्रकको ठक्करबाट मोटरसाइकल दुर्घटना भई गम्भीर घाइते भई २५ वर्षीय मोटरसाइकल चालक सुवेदीलाई उपचारको लागि हेटौँडा अस्पताल पठाएकोमा हेटौँडा अस्पतालमा डाक्टरले जाँच गर्दा १०ः०५ बजे मृत घोषणा गरेको थियो । 

मोटरसाइकल, ट्रक र ट्रक चालक जिल्ला दाङ गडुवा गाउँपालिका २ का वर्ष २३ का चन्द्रप्रसाद चौधरीलाई नियन्त्रणमा लिएको छ।