• १६ भदौ २०८१, आइतबार

खोलाले बगाउँदा एक युवा बेपत्ता

blog

फाइल तस्विर

तिलाचन पाण्डे

तम्घास, भदौ १६ गते । गुल्मीमा माछा मार्ने क्रममा खोलाले बगाउँदा एक जना युवा बेपत्ता भएका छन् । जिल्लाको चन्द्रकोट गाउँपालिका–८ मजुवाका १६ वर्षीय असीम कुमाललाई माछा मार्ने क्रममा बडिगाड खोलाले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

आइतबार बिहान सो खोलामा माछा मार्न जाल थाप्दै गरेका कुमाललाई खोलाले बगाएको र निजको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक शङ्कर पोखरेलले जानकारी दिनुभयो । घटनाको बारेमा थप अनुसन्धान जारी रहेको उहाँले बताउनुभयो ।