• ६ जेठ २०८१, आइतबार

गठबन्धनलाई अगाडि बढाउन मार्गचित्र कोरेका छौँ: प्रवक्ता महत

blog

तस्बिर : केशब गुरुङ

काठमाडौं, वैशाख २६ गते । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले गठबन्धनलाई अगाडि बढाउन मार्ग चित्र कोरेको बताउनुभयो ।

पार्टी कार्यालय सानेपामा सोमबार पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता महतले सो कुरा बताउनुभएको हो । तर, ओलीले गठबन्धन नचलोस् भन्ने चाहनु स्वाभाविक रहेको भन्दै प्रवक्ता महतले संविधान र लोकतन्त्र बलियो पार्नका लागि सहकार्य गर्ने मार्गचित्र तयार रहेको बताउनुभयो ।

‘‘हामीले आगामी मार्गचित्र कोरेका छौं, गठबन्धनलाई अगाडि लैजानका लागि उहाँ त गठबन्धन तोडियोस् भन्ने चाहनुहुन्छ । उहाँ नचलोस् भन्ने चाहनुहुन्छ । कांग्रेस लोकतन्त्र, संविधान बलियो पार्नका निम्ति सहकार्य गर्न तयार छ,’ उहाँले भन्नुभयाे ।

उहाँका अनुसार, कांग्रेस लोकतन्त्र र संविधानलाई बलियो पार्न गठबन्धनसँग सहयात्रा गर्न तयार रहेको छ । कांग्रेसलाई विश्वास छ, हाम्रो सहयात्री दलहरु पनि यी मान्यतानुसार लोतान्त्रिकलाई सस्थागत गर्ने यात्रामा अगाडि बढ्नु हुनेछ ।

त्यस्तै, उहाँले पाँच वर्षका लागि निर्वाचित सरकार साढे तीन वर्षमै दुई पटक हात उठाएको बताउनुभयो । ‘‘आर्थिक सुशासन, विकास, अन्तर्राष्ट्रिय सम्बन्ध, संविधान निर्माण, कानुनको शासनको कोणबाट उहाँ असफल हुनुहुन्छ । उहाँको नेतृत्व असफल हो । के मुखले भोट माग्दै हुनुहुन्छ ?,’’ उहाँले भन्नुभयो, ‘‘पाँच वर्षका लागि निर्वाचित सरकारको नेतृत्वले साढे ती वर्षमै दुई पटक हात उठायो । पुनःस्थापना भएपछि फेरि विघटन । फेरि पनि पुनःस्थापना भएपछि कांग्रेस आउनुप¥यो ।’’

नेकपा नेतृत्वको सरकार भएका बेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ पुस ५ र २०७८ जेठ ८ गते प्रतिनिधिसभा विघटन गर्नुभएको थियो । दुवै विघटनलाई सर्वोच्च अदालतले उल्ट्याइदिएको थियो । ‘‘उहाँले विकास, सुशासन, भ्रष्टाचारमुक्त समाजको कुरा गर्न मिल्छ ? कमिसनलाई पर्खिदाँ–पर्खिदाँ कसले बढी दिन्छ भन्ने बाटोमा जाँदा मुलुकको याे बेहाल भएको छ ।,’’ उहाँले भन्नुभयो ।

त्यस्तै, कांग्रेस सरकारले कुरा होइन काम गर्ने उहाँको भनाइ छ । उहाँका अनुसार कांग्रेसले अब ६५ वर्षदेखि नै वृद्धभत्ता दिने प्रतिबद्धता जनाएको छ ।

‘सरदर आयु ७१ वर्ष छ । विपन्न समुदायका मान्छेको सदर आयु ७१ वर्ष छैन । उनीहरु वृद्धभत्ताबाट बन्चित छन् । त्यसैले हामीले ६५ वर्षमा वृद्ध भत्ता दिने प्रतिवद्धता छ ।,’’ प्रवक्ता महतले भन्नुभयो ।