• १ भदौ २०८१, शनिबार

नागरिकमा परिवर्तनको महसुस हुनेगरी काम गर्दैछौँ : उपप्रधानमन्त्री सिंह

blog

उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंह ।

काठमाडौँ, भदौ १ गते । उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले अर्थतन्त्रमा रहेको मन्दीलाई चिर्न कार्यक्रमहरू बनाइरहेको बताउनुभएको छ । शनिबार काठमाडौँमा आयोजित बधाई ज्ञापन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । 

उहाँले वर्तमान सरकारले मन्त्री अर्थतन्त्रलाई सबल बनाउन कार्यक्रमहरू बनाइरहेको बताउनुभयो । उहाँले आम नेपालीको अपेक्षालाई मूर्त रूप दिन वर्तमान सरकार बनेको जिकिर गर्नुभयो । उहाँले देशको अर्थतन्त्रमा सुधार ल्याउन, सामाजिक रूपमा हुनुपर्ने काममा रहेका बाधा अड्चन हटाउन र देशमा सुशासन कायम गर्न सरकार लागिपरेको बताउनुभयो । आफूहरू पदमा गएर झण्डा फरफराएर, आनन्द लिनका लागि राजनीतिमा नलागेको भन्दै देशको अवस्थालाई राम्रोसँग बुझेर भएका अप्ठ्यारा पन्छाएर जनतालाई राहत दिन अघि बढिरहेकोको उहाँको भनाइ छ  । उहाँले परिवर्तनको महसुस हुनेगरी काम गर्न सबैको सद्भाव आवश्यक रहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, "वर्तमान सरकारले खासगरी अर्थतन्त्रमा नैराश्यता मन्दी जस्तो भइरहेको थियो, त्यसलाई चिर्न, कार्यक्रम,नीतिहरु अघि बढाउने छौँ । त्यतिमात्रै नभईकन यो अहिलेको सरकार देशमा आफूले मिहिनेत गरेर काम गर्ने वातावरण बनाइदिन आम नेपालीको भनाइलाई मूर्त रूप दिन सरकारले सकेको प्रयास गरिरहेको छ । देशको अर्थतन्त्रमा सुधार ल्याउन पनि सामाजिक रूपमा हुनुपर्ने काममा बाधा अड्चन सबैलाई हटाउन, देशमा भइरहेको सुशासन हुने ठाउँमा हुन नसकेको त्यसलाई सुशासन महसुस गराउन यो भन्दा अगाडिको परिस्थितिमा जुन अवस्थामा गइरहेको थियो, त्यो भन्दा राम्रो गर्न यो सरकारले काम गर्छ ।" 

कार्यक्रममा उपप्रधानमन्त्री सिंहले आफू जनताकै कारणले मन्त्री, उपप्रधानमन्त्री, माननीय बनेकोमा जोड दिनुभयो । उहाँले भन्नुभयो, "तर एउटा कुरा के ख्याल गर्नुस् भने प्रथम संविधान सभामा पनि पठाएको हो, त्यसमा संविधान नबनाई विघटन भयो, संविधान बन्दा त म उपप्रधानमन्त्री नै थिएँ नि । हामी पदमा गएर झण्डा फरफराएर, आनन्द लिनका लागि राजनीतिमा लागेका होइनौँ । देशको अवस्थालाई राम्रोसँग बुझेर त्यसलाई राम्रो गर्नका लागि, अप्ठ्यारा हटाएर, पन्छाएर जनतालाई राहत दिन अघि बढिरहेका छाैँ । परिवर्तनको महसुस हुनेगरी काम गर्न सबैको सद्भाव रहनेछ ।"

उपप्रधानमन्त्री सिंहले काठमाडौँको १ नम्बर निर्वाचन क्षेत्रको विकास निर्माणका काममा प्रभावकारीताका साथ अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो । वर्तमान सरकार सरकार नै राम्रोसँग नटिक्ने जनताको गुनासोपछि संसद्को सबैभन्दा ठुलो दल कांग्रेस र एमाले मिलेर सरकार गठन गरेको बताउनु भयो । वर्तमान सरकार वर्षौँसम्म चल्ने पनि बताउनुभयो