• १० मंसिर २०८१, सोमबार

प्राज्ञिक क्षेत्रमा ‘डिजिटल पेडागोजी’

blog

डिजिटल पेडागोजी दूर शिक्षाको प्रारम्भ सँगसँगै विकास हुँदै आएको हो । बिसौँ शताब्दीको प्राज्ञिक जगत्लाई अध्ययन गर्ने हो भने इमेलबाट पनि शिक्षण प्रक्रिया प्रारम्भ गरिएको थियो । अन्तर्राष्ट्रिय स्तरमा लन्डन विश्वविद्यालयले पहिलो दूर शिक्षा डिग्री सन् १८५८ मा प्रदान गरेको थियो ।

शैक्षिक जगत्मा डिजिटल पेडागोजीमा धेरै परिवर्तन तथा विकास भएको छ । यो अवस्थामा विद्यालय शिक्षा होस् वा विश्वविद्यालय शिक्षाको शिक्षण प्रक्रिया र परिवेशबारे अध्ययन गर्ने हो भने डिजिटल पेडागोजी भन्ने शब्द शैक्षिक क्षेत्रकै प्रमुख अङ्ग बनेको छ । प्रविधिमय संसार नियाल्दै जाने हो भने डिजिटल भन्ने शब्दले हरेक क्षेत्र चलायमान बनाएको छ । प्रशासनिक, लेखालगायत हरेक क्षेत्र डिजिटलमय भएको छ । केही दार्शनिकले डिजिटल पेडागोजीलाई खुला पेडागोजी भनेर अभिप्रेरित गरेका छन् । शैक्षिक पद्धतिलाई डिजिटलको माध्यमबाट खुला रूपमा शिक्षण सिकाइ अघि बढाउनु पेडागोजी हो । यसरी डिजिटल तथा ओपन पेडागोजीको पहिलो दार्शनिकमध्ये ग्रेने कोनल र उहाँको समूह नै हो । दार्शनिकले डिजिटल पेडागोजीलाई प्राज्ञिक सशक्तीकरणको अभ्यास पनि भनेका छन् । 

पेडागोजी भनेको शिक्षण प्रक्रियालाई एउटा कलाका रूपमा अवलम्बन गर्दै विद्यार्थीलाई उपलब्धिमूलक तथा कार्यमूलक स्तरसम्म पु¥याउनु हो । डिजिटल पेडागोजी भनेको विभिन्न तरिकाबाट शिक्षण प्रक्रियालाई प्रविधिसँग जोड्दै शैक्षिक प्रविधि बुझ्न/बुझाउनु सकिन्छ भन्ने प्रमुख धारणा हो । अहिले हरेक प्राज्ञिक व्यक्तिको दैनिक क्रियाकलाप पनि डिजिटलमय नै भएको छ । अब डिजिटल प्रविधिबिना शैक्षिक जगत्को यात्रा असम्भव र अपूरो हुने छ । जति पनि डिजिटल पेडागोजीका आधारमा शिक्षण सिकाइ भएका छन् ती सबै प्रभावकारी, गुणस्तरीय र सान्दर्भिक छन् त ? ती प्रक्रिया विश्वसनीयता र नैतिकताका आधारमा विकास भएका छन् त ? 

उल्लिखित प्रश्नको सम्बोधनका लागि विभिन्न लिटरेचरका आधारमा पनि डिजिटल पेडागोजीलाई विभिन्न किसिमबाट परिभाषित गरिएको पाइन्छ । जस्तैः अनलाइन शिक्षण, मिश्रित शिक्षा शिक्षण, सिन्व्रmनस र एसिन्व्रmनेस अन्तव्रिर्mया हुन् । सबै कुरा डिजिटलमै निर्भर हुने हो भने आफ्नो ज्ञानलाई शिक्षासँग कसरी जोड्ने ? आफ्नो मौलिकतालाई हामीले विद्यार्थीको शिक्षण सिकाइमा कसरी समावेश गर्ने भन्ने जिज्ञासा पनि छन् । हामी जति पनि डिजिटल पेडागोजीबारे छलफल गर्छौं त्यति नै मौलिकतालाई पनि ध्यान दिनुपर्ने हुन्छ । हाम्रो मौलिकतालाई पनि डिजिटलमा समावेश गर्दै व्याख्या पनि गर्न सकिन्छ । मौलिकता भनेको आफ्नो परिवेशलाई समावेश गर्दै शिक्षण सिकाइमा समावेश गर्र्न पनि उत्तिकै आवश्यक छ । 

त्यसै गरी प्राज्ञिक क्षेत्रमा सिकाइ व्यवस्थापनका विभिन्न प्लेटफर्म पनि छन् । ती प्लेफर्म पनि विभिन्न किसिमका प्रविधिको सहयोगका आधारमा उपलब्धिमूलक सिकाइका पद्धति भएका छन् । यस किसिमको पेडागोजीको महत्व अथाह छ । यो एक प्रविधिमय युगका लागि अपेक्षाकृत तथा आधुनिक शैलीको शैक्षिक पद्धतिको प्रमुख धार पनि मान्न सकिन्छ । यस किसिमको शिक्षण सिकाइ पद्धति द्रुतगतिमा विकास भएको हामीले सहजै महसुस गर्न सकिन्छ । 

हाल पनि डिजिटल पेडागोजीबाट नै विश्वविद्यालयमा शिक्षण सिकाइ भएका छन् । विभिन्न विश्वविद्यालयले विभिन्न किसिमको प्लेटफर्मको प्रक्रिया चलाएका छन् । जस्तै यमयस् टिम्स्, गुगल क्ल्यास रूप, गुगल मिट, जुम मिटिङ र अरू पनि होलान् । यी सबै डिजिटल पेडागोजी अन्तर्गतका शिक्षण सिकाइ उपलब्धिमूलक छन् त ? यस किसिमको प्रक्रियामा विद्यार्थीसँग अन्तव्रिर्mया गर्न सकिन्छ । कहिलेकाहीँ समस्या पनि आएको पाइन्छ । हाम्रो इन्टरनेट स्पिडलाई पनि ध्यान दिनुपर्ने हुन्छ । हामी डिजिटल पेडागोजीबाट सञ्चालन गरेको दैनिकी शिक्षण प्रक्रिया कहिलेकाहीँ चुनौतीपूर्ण पनि हुन्छ । डिजिटल पेडागोजीबाट शिक्षण प्रक्रिया बढ्यो भने हाम्रो भौगोलिक परिवेशले कहिलेकाहीँ चुनौती पनि दिएको छ । 

एक्काइसौँ शताब्दी र डिजिटल पेडागेजी

एक्काइसौँ शताब्दीका सिकाइमा पनि विभिन्न मूलधार छन् । जस्तै, कोलाबोरेटिभ सिकाइ, कोअपरेटिभ सिकाइ र क्रिटिकल सिकाइलगायत छन् । यी सबै सिकाइमा डिजिटल पेडागोजीको महìवपूर्ण स्थान छ । एक्कााइसौँ शताब्दी सम्बन्धित मुद्दामा एक प्रमुख विषय नै डिजिटल पेडागोजी हो । विद्यालयदेखि विश्वविद्यालयसम्म शैक्षिक पद्धतिलाई समयानुकूल बनाउन डिजिटल पेडागेजीको सम्बन्ध अझै उपलब्धिमूलक र प्रभावकारी स्वरूपमा रूपान्तरण गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सेमिनार तथा गोष्ठी नभएका होइनन् । 

हालै केही विश्वविद्यालयमा यस विषयमा गहन छलफल पनि भएको थियो । छलफलमा विभिन्न प्रदेशबाट र अन्तर्राष्ट्रिय जगत्का प्राज्ञिकको उपलब्धिमूलक सहभागिता भएको थियो । केही शिक्षाविद्ले आफ्नो प्रस्तुतीकरण पनि राख्नुभएको थियो । हाल देखिएका डिजिटल पेडागोजीमार्फत सुधार भएको केही नीतिगत दस्ताबेजले पनि सम्बन्धित विषयवस्तुको उत्थान गरेको पनि देखिन्छ । जस्तै, डिजिटल नेपाल फ्रेमवर्क (सन् २०१९) मा शिक्षा क्षेत्रमा विभिन्न किसिमका डिजिटल पेडागोजीसम्बन्धी पद्धति छन् । यसै अन्तर्गत स्मार्ट क्लासरुम, अनलाइन लर्निङ प्लेटफर्म, शैक्षिक व्यवस्थापन सूचना प्रणाली, ग्रामीण क्षेत्रका मोबाइल सिकाइ केन्द्र पनि डिजिटल पेडागोजीका प्रमुख आयाम हुन् । 

डिजिटल पेडागोजीसँग सम्बधित केही नीति तथा कार्यक्रमसम्बन्धी अभिलेख पनि प्रकाशित भएका छन् । जस्तै, खुला शिक्षा र दूर शिक्षा नीति २००७, दूर तथा खुला शिक्षा कार्यक्रम २०५७ तेस्रो संसोधन (२०१४) र शिक्षा गुरुयोजना २०१३–२०१७ र उच्च शिक्षा नीति फ्रेमवर्क २०१८ मा टेक्नोलोजी, शिक्षा नीति दस्ताबेज सन् २०२० ले पनि सुधारको आवश्यकता औँल्याएको छ । एक्काइसौँ शताब्दीका विभिन्न सिपलाई शिक्षाका सबै तहमा केन्द्रित गरेर शिक्षाका विद्यमान मोडेलको विकास गरेको पनि पाइन्छ । 

गत वर्षदेखि नेपाल खुला विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयले फिनल्यान्डको विश्वविद्यालयसँगको सहकार्यमा डिजिटल पेडागोजीसम्बन्धी परियोजना पनि सफलतापूर्वक सम्पन्न गरेको छ । यही परियोजना अन्तर्गत मास्टर्स डिग्रीको कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ । नेपाल खुला विश्वविद्यालयले मास्टर्स इन पेडागोजीकल साइन्स् एकबर्र्से र दुई सेमेस्टरको शैक्षिक कार्यक्रम र त्रिभुवन विश्वविद्यालयले ‘मास्टर अफ इजुकेसनल साइन्स इन पेडागोजी’ को तीन सेमेस्टरको कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस कार्यक्रमको मूल उद्देश्य पनि डिजिटल पेडागोजी सम्बन्धित नै हुन् । डिजिटल पेडागोजीको अर्को अर्थ भनेको प्रविधि र शैक्षिक गतिविधिको आत्मीय अन्तर्क्रिया पनि हो । रचनावादी सिद्धान्तमा परिचालित हाम्रो शैक्षिक समाजले पनि डिजिटल पेडागोजीको प्रतिविम्बको माध्यम भनेको छ शिक्षण सिकाइलाई । यसबाट पनि यथेष्ट ज्ञान निर्माण हुन्छ । यस किसिमको सिकाइ यात्रालाई सहज र समृद्ध बनाउन डिजिटल उपकरण उपयोग गर्ने विधि पनि प्राज्ञिक जगत्को मूलधार हो । 

प्राज्ञिक आयाममा डिजिटल पेडागोजी

प्राज्ञिक क्षेत्रमा विभिन्न आयाम छन् । ती आयाममा पनि प्रविधि र शैक्षिक अभ्यासलाई समावेश गर्नुपर्ने हुन्छ । त्यसै गरी प्रविधि र शैक्षिक अभ्यासलाई सम्बोधन गर्न डिजिटल शिक्षाशास्त्र अति आवश्यक हुन्छ । डिजिटल शिक्षाशास्त्रका आयाममा पनि डिजिटल पेडागोजीका अंश समावेश भएका छन् । पहिलो आयाम भनेको एक्काइसौँ शताब्दीको डिजिटलमय युगमा प्रत्येक शिक्षक तथा शैक्षिक सहजकर्तामा डिजिटल सिप हुनु जरुरी छ । यसका लागि शिक्षक र विद्यार्थीले विभिन्न समयमा तालिम लिएको हुनु पर्छ । यस डिजिटल सिपलाई पनि विभिन्न परिधिबाट बुझ्नुपर्ने हुन्छ । डिजिटल सिपलाई पनि प्राज्ञिक परिपाटीमा परिवर्तन गरी विद्यार्थी र शिक्षकको प्राज्ञिक क्षमताको विकास हुनु पर्छ । दोस्रो आयाम भनेको शिक्षकमा विषय वस्तुलाई डिजिटलाइजेसन गर्न सम्बन्धित सिप पनि हुनु आवश्यक हुन्छ । 

डिजिटलाइजेसनमा पनि विभिन्न किसिमको क्रियाकलापलाई समावेश गर्नु पर्छ । यसका लागि शिक्षकमा विषय वस्तुको ज्ञान हुनु पर्छ । यसलाई कन्टेन नलेज भनिन्छ । त्यसपछि यो कन्टेन नलेजलाई प्रविधिसँग जोड्ने क्षमता पनि हुनु आवश्यक छ । यसलाई पेडागोजीकल कन्टेन नलेज पनि भनिन्छ । सम्बन्धित शिक्षकले प्रत्येक पाठलाई अन्तव्रिर्mयात्मक प्रक्रियाबाट प्रस्तुत गर्दै जानु पर्छ । प्रत्येक पाठको अभ्यास पनि विभिन्न डिजिटल उपकरण समावेश गर्दै विद्यार्थीको क्षमता अनुसार मिलाउनु जानु पर्ने हुन्छ । यसरी भर्चुअल लर्निङ इनभायरमेन्टकोे पनि विकास हुँदै जान्छ । तेस्रो आयाम भनेको विषय वस्तुको डिजिटलाइजेन गरेर विभिन्न प्रविधिको टुल प्रयोग गरी विद्यार्थीको सिकाइ अनुगमन पनि गर्नु पर्छ । यो पनि एकदम महìवपूर्ण हुन्छ । यो अनुगमनको उद्देश्य विद्यार्थीको सिकाइ अझ उपलब्धिमूलक बनाउनु हो । अनुगमनको तहमा पनि विभिन्न प्रक्रिया हुन्छन् । जस्तै, विद्यार्थीको शैक्षिक पद्धतिको उपलब्धिमा सहयोगको वातावरण स्थापना गर्छ । चौथो आयाम भनेको शिक्षकले डिजिटल्ली मूल्याङ्कन गर्नु हो । यी सबै आयाम पनि सम्बन्धित विषयवस्तु, पाठ्यक्रम डिजाइन, निर्देशनात्मक रणनीति र डिजिटल युगसँग मिल्दोजुल्दो शिक्षार्थीको रणनीतिसँग पनि समावेश भएको हुनु पर्छ । यस शैक्षिक यात्राको मूलधार भनेको डिजिटल दक्षताको विकास हो । अनलाइन शिक्षाको युगमा डिजिटल पेडागोजीको महत्वपूर्ण भूमिका हुन्छ । सम्पूर्ण शिक्षाको पद्धतिलाई इन्नोभेटिभ तरिकाबाट डिजाइन, कार्यान्वयन र मूल्याङ्कन गर्नु पर्छ । 

निष्कर्ष 

प्राज्ञिक क्षेत्रमा डिजिटल पेडागोजीले बृहत् रूप लिएको छ । यो एक इन्नोभेटिभको शिक्षण सिकाइ पनि हो । यस किसिमको शिक्षण पद्धतिमा शिक्षक तथा विद्यार्थीको शैक्षिक यात्रालाई डिजिटलमय बनाउन मद्दत गर्छ । त्यसै गरी डिजिटल पेडागोजीमा विद्यार्थीको सिकाइलाई सहजीकरण पनि गर्छ । साधारणयता डिजिटल पेडागोजीको अर्थ भर्चुअल शिक्षाको माध्यम पनि हो । त्यस कारण यस किसिमको सिकाइमा विद्यार्थीले रचनात्मक र आलोचनात्मक सोचको विकास हुन्छ । यस किसिमको पेडागोजीको माध्यमले सेल्फ सिकाइ कला मात्रै बढ्दैन तथा आत्मनिर्भर पनि बनाउँछ । डिजिटल्ली दक्ष जनशक्ति पनि उत्पादन गर्छ ।

  

Author

डा.अनिला झा