• ३२ साउन २०८१, शुक्रबार

प्रकृति संरक्षण कोषको अध्यक्षमा वनमन्त्री शाही

blog

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी ।

काठमाडौँ, साउन ३२ गते । राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीलाई जिम्मेवारी दिइएको छ । कोषका संरक्षक रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार वनमन्त्री शाहीलाई कोषको अध्यक्षमा जिम्मेवारी दिनुभएको हो । राष्ट्रिय प्रकृति संरक्षण कोष ऐन, २०३९ अनुसार कोषको संरक्षकले अध्यक्ष तोक्नसक्ने व्यवस्था रहेको छ । रासस