• १ भदौ २०८१, शनिबार

अर्थतन्त्र सुधारमा सुझाव दिन उच्चस्तरीय आयोग बन्ने

blog

अर्थमन्त्री विष्णु पौडेल

काठमाडौँ, साउन ३२ गते । सरकारले अर्थतन्त्र सुधारका लागि सुझाव दिन उच्चस्तरीय आयोग बनाउने भएको छ ।

अर्थ मन्त्रालयका प्रवक्ता उत्तम कुमार खत्रीले उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलको कार्यभार समालेको सय दिनभित्र उच्चस्तरीय आयोग बनाउने योजना रहेको जानकारी दिनुभयो ।

उक्त आयोगले मुलुकको समग्र अर्थतन्त्र सुधारका लागि सुझाव दिने प्रवक्ता खत्रीको भनाइ छ ।

उहाँले भन्नुभयो, “अर्थतन्त्र सुधारका लागि सुझाव दिन अर्थमन्त्री विष्णु पौडेलले कार्यभार समालेको सय दिनभित्र उच्चस्तरीय आयोग बनाउने योजना बनाएका छौँ । अहिलेसम्म कति सदस्यीय बनाउने भन्ने विषयमा निर्णय भइसकेको छैन ।”