• ३२ साउन २०८१, शुक्रबार

गठ्ठाघर दुर्घटना : प्रहरीद्वारा अश्रुग्यास प्रहार, यातायात ठप्प

blog

भक्तपुरको गठ्ठाघरमा उत्पन्न तनाव ।

काठमाडौँ, साउन ३१ गते । भक्तपुरको गठ्ठाघरमा ना ६ ख २१७३ नम्बरको ट्रकले बा ३९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

प्रत्यक्षदर्शीका अनुसार कौशलटारबाट गठ्ठाघरतर्फ गइरहेको ट्रकले ट्राफिक चेकिङमा रोकिराखेको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक घटनास्थलमै मृत्यु भएको हो । स्कुटी चालक अन्दाजी ४०–४५ वर्षको पुरुषको मृत्यु भएको प्रहरीले जनाएकाे छ । 

तीव्र गतिको ट्रकले करिब एक सय परसम्म स्कुटरलाई घिसारेको प्रत्यक्षदर्शीले बताएका छन् । चालकको शरीर क्षतविक्षत भएको छ भने परिचय अझै नखुलेको प्रहरीले जनाएको छ । घटनास्थलमा झोला र किताब–कापी भेटिएका छन् ।

दुर्घटनापछि आक्रोशित भिडले ट्रकमा तोडफोड गरेका छन् । स्थानीय आन्दोलित भएपछि भक्तपुर–कोटेश्वर सडकखण्ड र सानोठिमी–जडीबुटी–पेप्सीकोला सडकमा यातायात ठप्प भएको प्रहरीले जनाएको छ ।


यता प्रहरीले उत्पन्न तनावलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेको छ ।

अहिले अवस्था सामान्य भएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ । भिडलाई नियन्त्रणमा लिन प्रहरीले बिहीबार अपराह्न अश्रुग्यास प्रहार गरेको हो । यद्यपि, अहिले अवस्था सामान्य भएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले अहिले अवस्था सामान्य भएको जानकारी दिनुभयो । उहाँले कति अश्रुग्यास प्रहार भएको विवरण प्राप्त भइनसकेको बताउनुभयो ।

यो पनि पढ्नुहोस

भक्तपुरमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु