शेयर गर्नुहोस:
                                        
                                    
                                    
                                        फन्ट परिवर्तन गर्नुहोस:
                                        
                                        
                                        
                                    
                                काठमाडौँ, साउन ३१ गते । भक्तपुरमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भक्तपुरको गठ्ठाघरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको हो ।
महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरका प्रहरी नायब उपरीक्षक प्रेमसागर केसीले बिहीबार दिउँसो कोटेश्वरबाट भक्तपुरतर्फ जाँदै गरेको ट्रकले स्कुटरलाई ठक्कर दिएको जानकारी दिनुभयो ।
महानगरीय प्रहरी वृत्त ठिमीका अनुसार घटनास्थल अहिले तनावपूर्ण बनेको छ ।  मृतकको सनाखत हुन सकेको छैन भने  दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।
 
                                
                             
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                