• १६ भदौ २०८१, आइतबार

सिमात खोलामा शव फेला

blog

अनिल पराजुली

हेटौँडा, साउन २७ गते । पूर्वी मकवानपुरको बकैया गाउँपालिका वडा नं. ५ पावसस्थित सिमात खोलामा एक पुरुषको शव फेला परेको छ । स्थानीयले आइतबार अपरान्ह सिमात खोलाको पानीमा तैरिररेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । 

शव बकैया–५, राजदमार बस्ने अन्दाजी ६० वर्षीय आशाकाजी दोङको रहेको उहाँको छोरी शान्ति लामाले पुष्टि गर्नुभएको छ । दोङ शनिबार बैङ्कबाट पैसा निकाल्न भनी हिँडेको छोरीले दिएको प्रारम्भिक बयानलाई उद्धृत गर्दै प्रहरीले जानकारी दिएको छ । 

घटनास्थलमा इलाका प्रहरी कार्यालय फापरबारीका प्रहरी निरीक्षक सहितको टोली पुगेर मुचुल्का तयार गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको छ ।