• १३ साउन २०८१, आइतबार

स्थानीय तह निर्वाचन

कैलालीमा पाँच पालिका प्रमुख र दुई उपप्रमुख दोहोरिने दाउमा

blog

धनगढी, वैशाख २२ गते । स्थानीय तहको पहिलो निर्वाचनबाट निर्वाचित भइ कैलालीमा पाँच वर्षसम्म पालिका चलाइ सक्नु भएका पाँच जना निवर्तमान प्रमुख पुनः सोही पद्मा दोहोरिने दाउमा हुनुहुन्छ । 

नृपबहादुर वड, शेरबहादुर चौधरी, ममताप्रसाद चौधरी, महादेव बजगाइँ र लाजुराम चौधरी  फेरि पालिका प्रमुखमा दोहोरिने दाउमा रहनु भएको हो । यस्तै, दुई जना उपप्रमुख पनि सोही पद्मा दोहोरिनका लागि चुनावी मैदानमा उत्रिनु भएको छ । 

२०७४ निर्वाचनमा धनगढी उपमहानगरपालिकामा वडले जीत हासिल गर्नु भएको थियो । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानीसमेत रहेको प्रदेशकै एकमात्र उपमहानगरपालिका धनगढीलाई पाँच वर्षसम्म हाक्नु भएका वड फेरि सोही पद्का लागि उम्मेदवार हुनुहुन्छ । अघिल्लो निर्वाचनमा एक्लै लडेको नेपाली काङ्ग्रेस यसपटक तीन दलसंग गठबन्धन गरेर चुनावी मैदानमा छ । र, वडलाई फेरि उम्मेदवार बनाएको छ । 

धनगढी उपमहानगरपालिकामा अगाडि सुरु भएका दीगो विकासका कार्यलाई अझ व्यवस्थित तरिकाले अगाडि बढाउनका लागि पार्टीले विश्वास गरेर आफूलाई दोहोर्याएको वडले  बताउनुभयो । ‘अनुभव र विकासको कार्य जुन द्रूत गतिमा अगाडि बढाइएको त्यो कामको आधारमा पार्टीले मलाई विश्वास गरेको हो’, उहाँले भन्नुभयो । ‘मैले धेरै काम पूरा गरे । केही अधुरा छन्, केही सुरु भएका छन् । अधुरा ती कामहरुलाई पूरा गर्न सहज हुने भएकाले पार्टीले मलाई दोहोर्याएको हो ।’ 

आफूले नगरवासी, कर्मचारी, पत्रकार सबैको सुझावको आधारमा काम गरिरहेकाले चुनाव जित्नेमा सतप्रतिशत विश्वस्त रहेको वडले बताउनुभयो । ‘म चुनाव जित्नेमा शतप्रतिशत ढुक्क छु’, उहाँले भन्नुभयो । 

यसैगरी, अघिल्लो निर्वाचनमा भजनी नगरपालिकाको प्रमुखमा जित्नु भएका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का शेरबहादुर चौधरी फेरि सोही पद्मा उम्मेदवार हुनुहुन्छ । गठबन्धन आवद्ध उहाँको दलले विश्वास गरेर पुनः नगर प्रमुखको टिकट दिएको हो । 

लम्कीचुहा नगरपालिकामा महादेव बजगाई पुनः नगर प्रमुखमा दोहोरिनका लागि चुनावी मैदानमा हुनुहुन्छ । उहाँले पनि आफूले अघिल्लो कार्यकालमा शुरु गरेका काम पूरा गर्न फेरि उम्मेदवारी दिएको बताउनुभयो । घोडाघोडी नगरपालिकामा ममताप्रसाद चौधरी पनि फेरि चुनाव उठ्नु भएको छ । बजगाई र चौधरी एमालेबाट फेरि चुनवाी मैदानमा हुनुहुन्छ । एमाले कैलालीमा एक्लै चुनावी मैदानमा उत्रेको छ । 

यस्तै, कैलारी गाउँपालिकाको अध्यक्ष भएर पाँच वर्षसम्म काम गरिसक्नु भएका लाजुराम चौधरी फेरि पनि सोही पद्मा उम्मेदवार हुनुहुन्छ । माओवादी केन्द्रका चौधरी अघिल्लो निर्वाचनमा नेपाली काङ्ग्रेसका उम्मेदवारलाई पराजित गरेर अध्यक्ष पद्मा विजयी हासिल गर्नु भएको थियो । उहाँले पाँच वर्ष काम गरेको कैलारी गाउँपालिका गत आर्थिक वर्षको कार्य सम्पादन मूल्याङ्कनमा नेपालकै उत्कृष्ट पाँच पालिकाभित्र परेको छ । 

चौधरीले नेतृत्व गरेको पालिका नेपालमै उत्कृष्ट पाँच पालिकाभित्र परेकाले उहाँलाई माओवादी केन्द्रले पुनः सोही पद्का लागि दोहो¥याएको हो । 

यस्तै, २०७४ को निर्वाचनमा एमालेबाट जितेर गोदावरी नगरपालिकाको उपप्रमुखको रुपमा पाँच वर्षसम्म काम गर्नु भएकी रत्ना कडायत पनि फेरि सोही पद्का लागि निर्वाचनमा होमिनु भएको छ । सत्तासाझेदार दलहरुको सहमतिमा उहाँ उपप्रमुखमा उठ्नु भएको हो । उहाँ नेकपा (एकीकृत समाजवादी) को उम्मेदवार हुनुहुन्छ । 

यस्तै कैलारी गाउँपालिकाका अहिलेका उपाध्यक्ष तथा माओवादी नेत्री लक्ष्मी सत्गौवा थारु पनि दोहोरिनका लागि मैदानमा हुनुहन्छ । तर गठवन्धनले उहाँलाई आधिकारिक उम्मेदवार नरहेको बताएको छ । 

१३ पालिका रहेको कैलालीमा बाँकी आठ पालिकामा भने नयाँ अनुहारलाई दलहरुले अगाडि सारेका छन् । वडा अध्यक्षहरुमा भने अधिकाङ्स पुरानै अनुहारलाई उम्मेदवारको रुपमा दोहो¥याइएको छ । 


Author

प्रकाशविक्रम शाह/अविनाश चौधरी