• ११ साउन २०८१, शुक्रबार

खोलामा बेपत्ता कार्की मृत फेला

blog

तिलाचन पाण्डे

तम्घास, साउन ११ गते । गुल्मीमा गत शनिबार खोलाले बगाएर बेपत्ता बनाएका युवा मृत फेला पर्नुभएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा –२ निवासी ३१ वर्षका बोमबहादुर कार्की निस्ती खोला तर्ने क्रममा खोलाले बगाएर बेपत्ता हुनुभएको थियो । 

कार्की मुसिकोटस्थित छल्दी खोलामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले जानकारी दिनुभयो । शवको स्थलगत मुचुल्का तयार गरिएको र पोष्टमार्टम पश्चात आफन्तको जिम्मा लगाइने प्रहरीले जनाएको छ । 

कार्की गत शनिबार बेलुकी इस्मा गाउँपालिका –१ निस्ती खेतबाट फर्किएर खोला तर्ने क्रममा बेपत्ता भएको प्रहरीले जनाएको छ । मुसिकोट नगरपालिका वडा –१ अरेवा घर भएका कार्की हाल  वडा नम्वर –२ निस्ती मामाघरमा बस्दैआएको स्थानीयले बताएका छन्  । कार्की ख वर्गका फरक क्षमताका रहेको प्रहरीले जनाएको छ ।