• ९ साउन २०८१, बुधबार

प्राध्यापक र पत्रकारको निःशुल्क स्वास्थ्य परीक्षण

blog

पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्राध्यापक, पत्रकार तथा विद्यार्थीको निःशुल्क निःशुल्क स्वास्थ्य परीक्षण गरिदै ।

गोरखापत्र अनलाइन

काठमाडौं, साउन ८ गते । पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्राध्यापक, पत्रकार तथा विद्यार्थीको निःशुल्क निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । 

मंगलवार बल्खुस्थित केन्द्रीय विभागको समन्वयमा स्टार अस्पतालका डाक्टर तथा नर्सहरुको टोलीले प्राध्यापक तथा विभागमा अध्ययनरत विद्यार्थीको निःशुल्क स्वास्थ्य परीक्षण गरेको हो । 

अस्पतालका अनुभवी चिकित्सकहरुले रक्तचाप, मधुमेह, गाइनो लगायत रोगको निःशुल्क स्वास्थ्य परीक्षण गर्नुभयो । विभागीय प्रमुख डा. कुन्दन अर्यालले विद्यार्थीलाई शिक्षणसँगै अन्य रचनात्मक कार्यमा सहभागी गराउने उद्देश्यले स्टार अस्पतालको समन्वयमा निःशुल्क स्वास्थ्य परीक्षण गरिएको बताउनुभयो । उहाँले आगामी दिनमा विभागले विद्यार्थीका लागि अन्य रचनात्मक क्रियाकलाप गर्दै जाने बताउनुभयो । 

उपप्राध्यापक डा. देवराज अर्यालले विभागले रचनात्मक काम गर्ने कार्यक्रम अन्तर्गत स्टार अस्पतालसँग समन्वय गरेर शिक्षक र विद्यार्थीको स्वास्थ्य परीक्षण गरिएको बताउनुभयो ।

उपप्रध्यापक डा. घमराज लुईंटेलले पनि अस्पतालको सामाजिक जिम्मेवारी पनि रहेकाले अस्पतालले पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका शिक्षक र विद्यार्थीको स्वास्थ्य परीक्षण गर्नु सह्रानीय काम भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अस्पातलको सामाजिक जिम्मेवारी पनि हो । विभागका प्राध्यापक र विद्यार्थीको स्वास्थ्य निःशुल्क गर्न सकारात्मक कुरा हो ।’ 

उहाँले स्टार अस्पतालले विभिन्न ठाउँमा निःशुल्क स्वास्थ्य शिविरहरु गर्ने गरेको भन्दै विद्यार्थीको स्वास्थ्य परीक्षण गरी विद्यार्थीको स्वास्थ्य समस्याको बारेमा थप जानकारी लिने अवसर मिलेको बताउनुभयो। 

पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग स्नातकोत्तर तह तेस्रो समेस्टरमा अध्ययनरत विद्यार्थी ईक्सा लिम्ब्रूले स्टार अस्पतालले विद्यार्थीलाई निःशुल्क स्वास्थ्य परीक्षण गर्दा खुशी भएको बताउनुभयो । उहाँले विभागमा नै आफ्नो स्वास्थ्यसम्बन्धि समस्याबारेमा निःशुल्क जानकारी लिन पाउँदा उत्साहित भएको बताउनुभयो ।