• ३ साउन २०८१, बिहिबार

शुक्लाफाँटा नगरपालिकामा आज शोक बिदा

blog

अविनाश चौधरी
धनगढी, साउन ३ गते ।
कर्मचारीको निधन भएपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले बिहीबार नगरपालिकामा शोक बिदा दिएको छ । नगरपालिकामा कार्यरत अधिकृत रुद्रबहादुर ओलीको निधन भएपछि शुक्लाफाँटाले शोक बिदा दिएको हो ।

हिजो भएको सडक दुर्घटनामा उहाँको निधन भएको थियो । कर्मचारीको निधनमा नगरपालिकाले शोक व्यक्त गर्दै नगरपालिकाबाट प्रवाह हुने अत्यावश्यक बाहेक बाँकी अन्य सबै सेवा बन्द गरेको नगर प्रमुख रणबहादुर महराद्वारा जारी सूचनामा उल्लेख छ ।