• ३ साउन २०८१, बिहिबार

करेन्ट लागेर महिलाको मृत्यु

blog

अविनाश चौधरी

धनगढी, साउन ३ गते । कैलालीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार घरमा पोछा लगाउने क्रममा लम्कीचुहा नगरपालिका –२ बघनियाका ४० वर्षीया लक्ष्मी जैसीको ज्यान गएको हो । 

पोछा लगाउने क्रममा फ्रिज पछाडिको तार छुन गई घटनास्थलमा उहाँको ज्यान गएको प्रहरीले जनाएको छ ।