• ३ साउन २०८१, बिहिबार

पोखरी बन्यो राष्ट्रिय सभा गृह

blog

तस्बिर : न्युज एजेन्सी नेपाल

काठमाडौँ, साउन ३ गते । भृकुटीमण्डप स्थित राष्ट्रिय सभा गृह  जलमग्न भएको छ । बिहीबार बिहान परेको पानी निकास हुन नसक्दा सभा गृह क्षेत्र जलमग्न भएको जनाएको छ ।

उक्त क्षेत्रको निर्माणका क्रममा प्राविधिकहरूले पानीको निकास हुने क्षेत्रमा कमजोरी गरेपछि यहाँ बर्सादको समयमा सास्ती खेप्नुपरेको छ । तत्काल मोटरको सहायताले पानी बाहिर फाल्न सुरु गरिएको काठमाडौँ महानगरको कार्यालयले जनाएको छ ।