• १३ वैशाख २०८१, बिहिबार

दक्षिण कोरियामा २४ घण्टामा २० हजारभन्दा बढी सङ्क्रमित

blog

सोल, वैशाख १९ गते । दक्षिण कोरियामा कोरोना भाइरसका सङ्क्रमित पछिल्लो २४ घण्टामा २० हजारभन्दा बढी देखिएका छन् । पछिल्लो समयमा भने यहाँ सङ्क्रमितको सङ्ख्या घटेको देखिएको छ । गत २४ घण्टामा थप २० हजार ८४ जनामा कोरोना भाइरसको सङ्क्रमण भेटिएको बताइएको छ ।

अघिल्लो दिनको तुलनामा भने यो सङ्ख्या घटेको हो । अघिल्लो दिन अर्थात् शनिबार यहाँ ३७ हजार सात सयभन्दा केही बढी सङ्क्रमित थिए । योसँगै यहाँका सङ्क्रमितहरुको सङ्ख्या एक करोड ७२ लाख जना पुगेको बताइएको छ । पछिल्लो समयमा देखिएकामध्ये स्वदेशमै सङ्क्रमित भएका र विदेशबाट आएका व्यक्तिमा पाइएको पनि सो समाचारमा जनाइएको छ ।

गत मार्च महिनाको मध्यतिर यहाँ दैनिक दुई लाखभन्दा पनि बढी सङ्क्रमित देखिने गरेका थिए । अहिले भने यहाँ सङ्क्रमितको सङ्ख्या घटेको पाइएको छ ।