• १ साउन २०८१, मङ्गलबार

ट्याक्टर दुर्घटनामा एकको मृत्यु

blog

राजकुमार भट्टराई

खोटाङ, साउन १ गते । खोटाङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मंगलबार भोजपुरबाट खोटाङ आउँदै गरेको ट्याक्टर दुर्घटना भएको हो ।

दिक्तेलतर्फ आउँदै गरेको प्रदेश २-०१-००१ स २०१५ नम्बरको रित्तो ट्याक्टर मध्यपहाडी लोकमार्ग अन्तर्गत साकेला गाउँपालिका-१ बाँझेच्यानडाँडामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । सडकबाट करिब ३० मिटर तल खसेको ट्याक्टरमा सवार सोही ठाउँका २१ वर्षीय जीवन देउजाको घटनास्थलमै मृत्यु भएको हो। 

दुर्घटनामा बाँझेच्यानडाँडाकै सह–चालक रोशन कट्वाल गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी पुरुषोत्तम खड्काले जानकारी दिनुभयो । ट्याक्टरका चालक फरार रहेको डिएसपी खड्काको भनाइ छ ।