रमेश विश्वकर्मा
गुल्मी, असार २७ गते । नेपाल नेत्र ज्योति संघले गुल्मीको इस्मा गाउँपालिकाका अग्नि पीडितहरुका लागि आर्थिक सहयोग गरेको छ। तम्घासमा एक औपचारिक कार्यक्रमकाबिच नेत्र ज्योति संघ जिल्ला आँखा उपचार केन्द्र मार्फत इस्मा गाउँपालिकालाई पचास हजार रुपियाँ हस्तान्तरण गरिएको हाे ।
त्यस अवसरमा इस्मा गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले विपद्मा सहयोग गरेको भन्दै नेत्र ज्योति संघलाई धन्यवाद ज्ञापन गर्नुभयो । संस्थाले पैसा संकलन गरी सहयोग पुर्याएको प्रति आभार व्यक्त गर्दै विगतमा दुई वर्षदेखि अत्यन्तै सहयोग पुर्याउँदै आएको बताउनुभयो ।
नेत्र ज्योति संघसँगको सहकार्यमा इस्माका करिब ६७ जना नागरिकहरुले मोतियाबिन्दुको शल्यक्रिया मार्फत पुनःदृष्टि प्राप्त गर्नुभएको भन्दै उहाँले पछिल्लो पटकको शिविरमा इस्माकी ९७ वर्षिय आमाले फेरी पुनस्दृष्टि प्राप्त गर्नुभएकोले यहाँहरुले प्रदान गर्नुभएको शल्यक्रिया सेवाले अत्यन्तै हर्षित भएको बताउनुभयो ।
नेत्र ज्योति संघले आँखा उपचारसँगै विपद्का घटनामा राहत तथा सहयोगका कार्यहरु समेत गर्दै आइरहेको सभापति अखिलेश्वरप्रसाद पाण्डेले बताउनुभयो। गत वैशाखमा गुल्मी जिल्लामा धेरै आगलागीका घटनाहरु भए त्यसमध्येमा इस्मामा पनि धेरै क्षति भएको थियो । नेपाल नेत्र ज्योति संघले केन्द्रबाट सहयोग गर्दै आइरहेको बताउनुभयो। यहाँको जिल्ला आँखा उपचार केन्द्रलाई सेकेण्डरी आई हस्पिटलका रुपमा स्तरोन्नतीका लागि आफुहरु लागि परेको समेत उहाँले बताउनुभयो। आगलागीबाट इस्मा गाउँपालिकाका २८ घरपरिवार प्रभावित भएका छन्।