• १२ साउन २०८१, शनिबार

राष्ट्रिय पुरस्कार तथा सम्मान प्रदान

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार २८ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा आर्थिक वर्ष २०८०/८१ को संस्कृति प्रवर्धन कार्यव्रmम अन्तर्गत विभिन्न विधामा प्रदान गरिने राष्ट्रिय तथा क्षेत्रीय पुरस्कार र सम्मान बिहीबार प्रदान गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले सो पुरस्कार तथा सम्मान प्रदान गर्नुभएको हो । कार्यव्रmममा मन्त्री तामाङले श्रीहरि फुयाँल (कविता), रोशन थापा ‘नीरव’ (निबन्ध), अविनाश श्रेष्ठ (गद्याख्यान÷नाटक), प्रमोद प्रधान (बालसाहित्य/लोकसाहित्य) र गोविन्दराज विनोदी (भाषा साहित्य) लाई महाकवि देवकोटा पुरस्कार–२०८० प्रदान गर्नुभयो ।

त्यस्तै स्वप्निल स्मृति (काव्य) र सुनील पोखरेल (नाटक) लाई गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार प्रदान गरिएको छ । बिपी पुरस्कार किशोरकुमार अधिकारी (राजनीति दर्शन), होमनाथ दाहाल, प्राडा हरिप्रसाद पराजुली र प्राडा योगेन्द्रप्रसाद यादवलाई प्रदान गरिएको छ । 

इतिहासकार प्राडा जगदीशचन्द्र रेग्मीलाई इतिहास शिरोमणि बाबुराम आचार्य पुरस्कार र प्राडा गोविन्दमानसिंह कार्कीलाई योगमाया पुरस्कार प्रदान गरिएको छ । त्यस्तै नारायण शर्मालाई आदिकवि भानुभक्त राष्ट्रिय पुरस्कार, डा. फडिन्द्रराज निरौलालाई युगकवि सिद्धिचरण श्रेष्ठ राष्ट्रिय पुरस्कार र छत्रबहादुर कायस्थलाई सत्यमोहन जोशी राष्ट्रिय पुरस्कार प्रदान गरिएको छ । 

यसै गरी तीन जनालाई पुष्पलाल राष्ट्रिय पुरस्कार प्रदान गरिएको छ । सो पुरस्कार पाउनुहुनेहरूमा सिद्धिलाल सिंह (राजनीतिक), चतुर्भज आत्रेय (साहित्य, संस्कृति र विज्ञान) र डा. विश्वनाथ सिंह (इतिहास) हुनुहुन्छ । भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार चार जनालाई प्रदान गरिएको छ । सिप, कला, साहित्य र संस्कृतिका लागि राजु परियार, मानव अधिकारका लागि आनन्दस्वरूप वर्मा र समाज सुधारका लागि संयुक्त रूपमा मञ्जुल (मेघराज नेपाल) र झविन्द्रबहादुर जिसीलाई प्रदान गरिएको छ । 

यसै गरी मन्त्रालयद्वारा घोषित भाषा एवं साहित्य, संस्कृति, ललितकला र सङ्गीत तथा नाट्य विधाको राष्ट्रिय तथा प्रादेशिक पुरस्कार बिहीबारै प्रदान गरिएको छ । मन्त्री तामाङले भाषा एवं साहित्यतर्फको राष्ट्रिय प्रतिभा पुरस्कार गण्डकीका वसन्तबहादुर बराकोटीलाई प्रदान गर्नुभयो । संस्कृतितर्फ केदारप्रसाद पाठक (नुवाकोट), ललितकलामा सन्तकुमार शाक्य (ललितपुर) र सङ्गीत तथा नाट्य विधाको राष्ट्रिय पुरस्कार माइला लामा (काठमाडौँ) लाई प्रदान गरिएको छ । 

प्रादेशिक प्रतिभा पुरस्कारतर्फ चार विधामा २८ जनालाई पुरस्कार प्रदान गरिएको छ । राष्ट्रिय प्रतिभा पुरस्कार एक लाख रुपियाँ र प्रादेशिक प्रतिभा पुरस्कार ५० हजार रुपियाँ राशिको रहेको छ । भाषा तथा साहित्य विधाको प्रादेशिक प्रतिभा पुरस्कार रामविव्रmम थापा (कोशी), बुद्धसेन चौधरी (मधेश), राजु महर्जन (बागमती), भीमबहादुर रानाभाट (गण्डकी), रिमा केसी (लम्बिनी), मानबहादुर चौधरी (कर्णाली) र आरपी तिमिल्सिना (सुदूरपश्चिम) लाई प्रदान गरिएको छ ।

यसै गरी संस्कृति विधातर्फको प्रादेशिक प्रतिभा पुरस्कारका लागि भीमप्रसाद योङहाङ ‘यासेली’ (कोशी), भक्तप्रसाद रिजाल (मधेश प्रदेश), डा. शशी थापा पण्डित (बागमती), यारजङ गुरुङ (गण्डकी), जीवनप्रवेश रोकामगर (लुम्बिनी), मनोहर लामिछाने (कर्णाली) र कृष्णहरि कडायत (सुदूरपश्चिम) लाई प्रदान गरिएको छ । ललितकलातर्फ प्रादेशिक प्रतिभा पुरस्कारका लागि सरोजा खड्गी (कोशी), सुनैना ठाकुर (मधेश), कृष्णगोपाल श्रेष्ठ (बागमती), पदम घले (गण्डकी), यामबहादुर थापा (लुम्बिनी), सोनाम डोल्मा तामाङ (कर्णाली) र सुरेशकुमार पाल्पाली (सुदूरपश्चिम) लाई दिइएको छ । त्यस्तै सङ्गीत तथा नाट्य विधातर्फको प्रादेशिक पुरस्कारका लागि धनकुमार ज्ञाङ्मी (कोशी), राजेशकुमार पासवान (मधेश), सरिता गिरी (बागमती), सागर लम्साल (गण्डकी), कमलकुमार शर्मा अर्याल (लुम्बिनी),  सुरज पण्डित (कर्णाली) र विव्रmम कुँवर ‘प्रतीक’ (सुदूरपश्चिम) लाई प्रदान गरिएको छ ।