• १९ असोज २०८१, शनिबार

काभ्रेमा खोलाले बगाउँदा दुई जनाको मृत्यु

blog

बाढीले दुई जना बगाएको खोला । तस्बिरः सामाजिक सञ्जाल

केदार तिमल्सिना 

बनेपा, असार २२ गते। काभ्रेपलाञ्चोक जिल्लाको रोसी गाउँपालिका-११ मा खोला तर्ने क्रममा खोलाले बगाउँदा दुई जनाको मृत्यु भएको छ। 

शनिबार साँझ ७ भ्याकुरे खोला तर्ने क्रममा स्थानीय ६५ वर्षीया जालमाया रुजाल मगर र उहाँकी भदैनी ५ वर्षीया सेतिमाया रुजाल मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।

खोला तर्ने क्रममा खोलाले बगाई बेपत्ता हुनुभएकी जालामाया र सेतिमायालाई अविरल वर्षासँगै आएको बाढीले बगाएको प्रहरीले जनाएको छ। 

खोलाले बगाएका फुपु, भदैनीको खोजीका लागि इलाका प्रहरी कार्यालय मङ्गलटारका प्रहरी निरीक्षक कृष्ण गिरीको नेतृत्वमा प्रहरी टाली परिचालन गरिएको थियो। 

खोलाले बगाएका फुफु, भदैनी करिब नौ सय मिटर तल मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभएको हो।