• ८ वैशाख २०८१, शनिबार

घट्दै सुनचाँदी मूल्य

blog

काठमाडौं, वैशाख १५ गते । सुनचाँदी बजारमा बिहीबार छापावाल सुनको मूल्य प्रतितोला एक हजार रुपियाँले ओरालो लागेर ९८ हजार रुपियाँ तोकिएको छ । यस साताको पहिलो कारोबार दिनदेखि नै सामान्य मूल्यमा ओरालो लाग्दै आएको पहेँलो धातु बुधबार प्रतितोला ९९ हजार रुपियाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार पाँच सय रुपियाँ छ । यसको  मूल्य अघिल्लो दिन प्रतितोला ९८ हजार पाँच रुपियाँ थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २० रुपियाँले घटेर एक हजार ३२०  रुपियाँमा आएको महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८७७ डलर आसपास कारोबार भइरहेको छ ।