शेयर गर्नुहोस:
                                        
                                    
                                    
                                        फन्ट परिवर्तन गर्नुहोस:
                                        
                                        
                                        
                                    
                                बागलुङ, वैशाख १४ गते। नेकपा (एमाले) गण्डकी प्रदेश सचिवालय सदस्य तुलसीराम अर्याल र प्रदेश सदस्य ददिराम अर्याल नेकपा (माओवादी केन्द्र)मा प्रवेश गर्नुभएको छ। बुधबार बागलुङको बुर्तिबाङमा आयोजित कार्यक्रममा उहाँहरुले एमाले परित्याग गरेको घोषणा गर्नुभएको हो। 
दश वर्षे जनयुुद्ध र १९ दिने जनआन्दोलनको विरासत जोगाउन आफूहरु माओवादी केन्द्रमा नै फर्किएको उहाँहरुको भनाइ छ। २०७० सालमा तुलसीराम अर्याल नेकपा माओवादी केन्द्रको तर्फबाट प्रतिनिधिसभाको उम्मेदवार बन्नुभएको थियो। 
पाँच दलीय गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का चन्द्र अर्याल ढोरपाटन नगरपालिकाको मेयर पदको उम्मेदवार बन्नुभएको छ। 
 
                                        
                                                    गोरखापत्र
                                                
                                            
                                                                                            Gorkhapatra...
 
                                
                             
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                -original-thumb.jpg) 
                                                 
                                                 
                                                 
                                                