नवराज कट्टेल
विराटनगर, वैशाख १४ गते। विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले पदबाट राजीनामा दिनुभएको छ। बुधबार दिउँसो संवैधानिक व्यवस्था अनुसार महानगर उपप्रमुख समक्ष पराजुलीले राजीनामा दिनुभएको हो। 
विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले मेयर पराजुलीले पदबाट राजीनामा दिनुभएको जानकारी दिनुभयो। ‘संवैधानिक व्यवस्था अनुसार कार्यपालिका उपप्रमुख समक्ष मेयर पराजुलीले राजीनामा दिनुभएको छ, ‘प्रमुख प्रशासकीय अधिकृत बस्नेतले भन्नुभयो, ‘कार्यालयमा उहाँको राजीनामा पत्र प्राप्त भइसकेको छ।’
स्थानीय तहको निर्वाचन हुन गइरहेको र आफू पार्टीको केन्द्रीय सदस्य भएका कारण राजीनामा दिनुपरेको पत्रमा उल्लेख छ। ‘वैशाख ३० गरेको निर्वाचनमा पार्टीको प्रचारप्रसार तथा निर्वाचन सम्बन्धी विविध गतिविधिमा सहभागी हुनुपर्ने भएकोले वर्तमान अवस्थामा वहाल गरिरहेको प्रमुखको पदमा रहिरहन नैतिकताको आधारमा उपयुक्त नदेखिएकाले नेपालको संविधान धारा २१६ को उपधारा ८ (क) बमोजिम वैशाख १४ गतेदेखि लागुहुने गरी राजीनामा दिएको छु’, पत्रमा उल्लेख गरिएको छ।
पदीय दुरुपयोगको आरोप नलागोस् भनेर राजीनामा दिएको पराजुलीले बताउनुभयो।
 
                                
                             
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                -original-thumb.jpg) 
                                                 
                                                 
                                                 
                                                