• १२ साउन २०८१, शनिबार

गर्मी बढेपछि सिन्धुपाल्चोकका विद्यालय बिदा

blog

सुनसान श्री कृष्ण रत्न गंगा माबि चौतारा ।

चित्र मिजार

सिन्धुपाल्चोक, जेठ २९ गते । अत्यधिक गर्मी बढ्न थालेपछि सिन्धुपाल्चोकका विद्यालयहरूमा बिदा दिन थालिएको छ । सदरमुकाम चौतारास्थित श्री कृष्ण रत्न गङ्गा माध्यमिक विद्यालयले सोमबारदेखि जेठ ३२ गतेसम्मका लागि बिदा दिएको छ ।

विद्यालयका सहायक प्रधानाध्यापक हर्ष तामाङानुसार गर्मीले पठनपाठनमा समस्या भएपछि बिदा दिइएको जानकारी दिनुभयो । वार्षिक क्यालेण्डर अनुसार बिदा मिलान हुनेगरी विद्यालय बन्द गरिएको उहाँले थप्नुभयो ।

यसैगरी हिमाली क्षेत्र अन्तर्गतका विद्यालयहरू, भोटेकोशी, सुनकोशी, इन्द्रावती, ब्रमयणी नदीको एक सय मिटरमाथि उचाइमा रहेका विद्यालयहरूमा उच्च गर्मी बढेपछि बिदा दिने विद्यालयहरूले जनाएका छन् । गर्मीका कारण छात्रछात्रालाई वाकवाक आउने, रिँगटा लाग्ने, सुत्ने, झोक्राउने लगायतका समस्या देखिन थालेको विद्यालयहरूले जनाएका छन्। अहिले सिन्धुपाल्चोकमा ३६ डिग्री तापक्रम छ । दिनहुँ तापक्रम बढ्दै गएको छ ।