• १३ असोज २०८१, आइतबार

चौथो रारा ट्रेलरनको उपाधि दुई जनालाई

blog

हरिकृष्ण ऐडी

मुगु, जेठ १८ गते । नेपाली सेनाको आयोजनमा नेपालीको सबैभन्दा ठुलो र गहिरो ताल रारामा सञ्चालन गरेको चौथो रारा ट्रेलरन प्रतियोगिताको उपाधि राज्यलक्ष्मी र अक्कलले जितेका छन् । 

हरेक वर्ष नेपाली सेनाले आयोजना गर्दै आएको ट्रेलरनको चौथो ट्रेलरन रारा ताल वरिपरि धावकहरूलाई प्रतिस्पर्धा गरिएको थियो । यो वर्षको ट्रेलरनको आयोजक नेपाली सेनाको हमुमान ध्वज गुल्म रारा हुटु रहेको छ ।

शुक्रबार बिहान सञ्चालन भएको रारा ट्रेलरनमा महिला र पुरुष गरी १ सय ९४ जना खेलाडीले सहभागिता जनाएका थिए । सहभागी पुरुष १ सय ६९ मध्ये छायाँनाथ रारा नगरपालिका वडा न १४ वाम गाउँका अक्कल बढुवाल १७ ले निर्धारित १६ किमी दुरी १ घण्टा २ मिनेट १० सेकेण्डमा पार गर्दै प्रथम भएका थिए । 

त्यसैगरी, कनकासुन्दरी गाउँपालिका ३ का सेर बहादुर बुढाले १ घण्टा २ मिनेट ११ सेकेण्डमा पार गर्दै द्वितीय र कनकासुन्दरी २ जुम्ला कै चन्द्र रावतले १ घण्टा २ मिनेट २१ सेकेण्ड लगाएर तृतीय स्थान प्राप्त गरेका थिए । यस्तै, महिला सहभागी ३५ जनामध्ये गोठिचौर गाउँपालिका–३ गज्याङ्गकोट गाउँकी राज्य लक्ष्मी रावल १९ले निर्धारित १६ किलोमिटरको दुरी १ घण्टा १४ मिनेट ३३ सेकेन्डमा पार गर्दै प्रथम, पातारासी गाउँपालिका–२ जुम्ला पेडा गाउँ कि कल्पना बुढाले १ घण्टा १४ मिनेट ५२ सेकेण्ड लगाएर तेस्रो र जुम्ला जिल्ला समिता बुढाले १ घण्टा १६ मिनेट ३१ सेकेण्ट लगाएर तेस्रो स्थान हात पारेका छन् । 

ट्रेल रनमा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने महिला तथा पुरुष तर्फका विजेता खेलाडीहरूलाई जनही क्रमशः ५० हजार, ४० हजार, ३० हजार नगदसहित ट्रफी र प्रमाण पत्र वितरण गरिएको छ । 

विजेताहरूलाई प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसी, छायाँनाथ रारा नगरपालिकाका निमित्त  नगर प्रमुख पदमराज मल्ल, हिमा गाउँपालिका जुम्लाका गाउँ पालिकाका अध्यक्ष त्यसैगरी उत्तर पश्चिम पृथना उपरथी कृष्णदेव भट्टले पुरस्कार, प्रमाण पत्र र ट्रफी प्रदान गर्नुभएको थियो ।