• ८ साउन २०८१, मङ्गलबार

एक वर्षमा १५ सय जनामा एचआइभी पुष्टि

blog

काठमाडौँ, जेठ १५ गते । चालु आर्थिक वर्षको फागुनसम्म एक हजार पाँच सय ३६ जनामा एचआइभी पोजेटिभ पुष्टि भएको छ । 

आर्थिक सर्वेक्षण २०८०/८१ ले चालु आर्थिक वर्षको फागुनसम्म  एक  लाख ९७ हजार १६७ को एचआइभी परीक्षण गर्दा एक हजार पाँच ३६ जनामा एचआइभी पोजेटिभ पुष्टि भएको हो । 

सोही अवधिमा २५ हजार ४३ एचआइभी सङ्क्रमितलाई एन्टीरेट्रोभाईरल ट्रिट्मेन्ट केन्द्रबाट औषधी वितरण भएको सर्वेक्षणमा उल्लेख छ । 

 उक्त सर्वेक्षण अनुसार गत आर्थिक वर्षको फागुनसम्म आमाबाट बच्चामा सर्ने एचआइभी रोकथाम कार्यक्रममा आबद्ध ६१ गर्भवती सहित २३ हजार ७६० एचआइभी सङ्क्रमितलाई एआटी केन्द्रबाट औषधी वितरण गरिएको थियो ।