• २१ जेठ २०८१, सोमबार

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्यमन्त्री अधिकारी

blog

काठमाडौँ,  जेठ ९ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनले पारेका असरबाट जोगाउन सबैको सहयोग जरुरी रहेको बताउनुभएको छ । 

काठमाडौँमा आजदेखि सुरू भएको  ‘अन्तर्राष्ट्रिय संवाद’ मा उहाँले जलवायु परिवर्तनले पारेको असरका कारण पर्वतीय क्षेत्रमा बासोबास गर्ने मानिसको जनजीवनमा गम्भीर प्रभाव परिरहेको भन्दै समस्या न्यूनीकरणमा सहयोगका लागि आग्रहसमेत गर्नुभयो । 

“जलवायु परिवर्तनले जैविक विविधता, मौसमी अवस्थामा गम्भीर असर पारेको छ । ती समस्या र असर तत्काल न्यूनीकरण गर्नुपर्नेछ ।  मनाङ मुस्ताङमा आएका बाढीले पनि हाम्रो जनजीवन र प्रकृतिमा कति क्षति पुगेको छ भन्ने उदाहरण दिएका छ । यी क्षेत्रलाई समस्याबाट जोगाऔँ”, अधिकारीले भन्नुभयो । 

मुख्यमन्त्री अधिकारीले जलवायु परिवर्तनको प्रभावका कारण जलविद्युत् तथा अन्य पूर्वाधारमा धेरै क्षति पुगिरहेको भन्दै समयमा नै सचेत हुनुपर्नेमा जोड दिनुभएको छ । रासस