• १२ साउन २०८१, शनिबार

गौशालामा अतिक्रमण गरी बनाएका संरचना महानगरले भत्कायो

blog

महानगरले भत्काएका संरचना ।

काठमाडौं, जेठ ६ गते । काठमाडौं महानगरपालिकाले गौशाला चोकमा सडक क्षेत्र मिचेर बनाएका घर टहरा भत्काएको छ । 

आइतबार महानगरपालिकाले मापदण्डविपरीत जग्गा अतिक्रमण गरी बनाइएका घर टहरा डोजर लगाएर भत्काएको हो। 

गौशाला चोक आसपासमा सडक किनार अतिक्रमण गरी बनाइएका घर टहरा र सटर भत्काएको महानगरपालिकाले बताएको छ। 

महानगरपालिकाले शुक्रबार मात्रै भत्केको पुल आसपासका अवैध संरचना भत्काएको थियो । महानगरपालिकाले मापदण्डविपरीत बनाएका महानगरपालिकाभित्रका संरचना भत्काउँदै आएको छ ।