• २ साउन २०८१, बुधबार

कोरियाबाट फर्केका महिलाका लागि पुनः एकीकरण तथा अभिमुखीकरण

blog

काठमाडौँ, जेठ ५ गते  । रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरिया गएर फर्किएका महिला श्रमिकलाई पुनः एकीकरण प्रणाली सुदृढीकरणका लागि दोस्रो चरणको अभिमुखीकरण तालिम सम्पन्न भएको छ । कोरिया इन्टरनेसनल कर्पोरेसन एजेन्सी (कोइका) को ‘के हामी’ परियोजनामार्फत बिहीबार राजधानीमा इपिएसमार्फत कोरिया गएर काम गरेर फर्किएका महिलालाई लक्षित गरेर सञ्चालित एकदिने पुनः एकीकरण तथा अभिमुखीकरण तालिम सम्पन्न भएको हो । 

उक्त परियोजना श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको रोजगार अनुमति प्रणाली (इपिएस) शाखाको  सहकार्य तथा मानव संसाधन विभाग कोरिया (एचआरडी) र परियोजना व्यवस्थापन परामर्श (पिएमसी) हेर्ने गरी कोरियाबाट फर्किएका नेपाली श्रमिकका लागि सञ्चालन गरिएको कार्यक्रम भएको जनाइएको छ । उक्त कार्यक्रममा इपिएसमार्फत दक्षिण कोरिया पठाउन थालेयता विभिन्न समयमा कोरिया गएर फर्किएका ३५ महिला श्रमिकको सहभागिता रहेको थियो । 

यस परियोजनाको उद्देश्य इपिएसमार्फत कोरिया गएर कोरियामा सिकेको सिप, कमाएको पुँजीको र कामको अनुभव सही प्रयोगमा सहयोग गर्नु रहेको छ । इपिएस कोरिया शाखाका निर्देशक मैया कँडेलले कोरियामा काम गरेर फर्किएकालाई पुनः विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्दै स्वदेशमै स्वरोजगार तथा उद्यमी बनाउने यस परियोजनाको उद्देश्य रहेको जानकारी दिनुभयो । उहाँका अनुसार वैदेशिक रोजगारीबाट फर्किएका प्रवासी उत्कृष्ट जनशक्ति र आर्थिक विकासलाई डो¥याउने जनशक्ति उत्पादन गर्ने पनि यस परियोजनाको अर्को उद्देश्य रहेको छ । 

सन् २०२२ देखि २०२८ सम्म सञ्चालित परियोजनाले कोरियाबाट फर्केका आप्रवासीको स्थिर पुनः एकीकरण र उद्यमशीलता क्षमता अभिवृद्धि गरी नेपालको सामाजिक आर्थिक विकासमा योगदान पु¥याउनुका साथै रोजगारी अभिवृद्धि गर्ने लक्ष्य राखेको छ । 

उक्त परियोजनामार्फत २०२४ अपिल ३० देखि सन् २०२८ सम्म आठ सय जना कोरियाबाट फर्किएका पुनः एकीकरणसम्बन्धी जानकारी तथा अभिमुखीकरण तालिम लिन पाउने छन् । यस परियोजना अन्तर्गत उद्यमशीलता शिक्षा, रिटर्नी सर्वेक्षण, पुनः एकीकरण शिक्षा, अनलाइन मेन्टरिङ कार्यक्रम, सम्भावित उद्यमीका लागि कोष स्थापनालगायतका काम हुने जनाइएको छ । 

यस परियोजना अन्तर्गत उद्यमशीलता शिक्षा, रिटर्नी सर्वेक्षण, पुनः एकीकरण शिक्षासँगै सम्भावित उद्यमीका लागि कोष सञ्चालन गरिएको जनाइएको छ । कोषमा नेपाल कृषि विकास बैङ्कका तर्फबाट २५ लाख अमेरिकी डलर र कोइकाको २५ लाख अमेरिकी डलर गरी ५० लाख डलरको कोष खडा गरिएको छ । उक्त कोषमा जम्मा भएको रकम कोरियाबाट फर्केर पुनः एकीकरण तथा अभिमुखीकरण तालिममा सहभागी भएका तर पुँजी कम भएकाले उद्यमी बन्न चाहेमा सहुलियत दरमा ऋण उपलब्ध गराइने छ ।