• १२ साउन २०८१, शनिबार

ग्लोबल आइएमईलाई ‘बेस्ट बैङ्क अवार्ड’

blog

काठमाडौँ, जेठ २ गते । ग्लोबल आइएमई बैङ्क लिमिटेड ग्लोबल फाइनान्स मेगजिनको बेस्ट बैङ्क अवार्ड २०२४ बाट सम्मानित भएको छ । ग्लोबल फाइनान्स मेगजिनले विश्वभरिका सर्वश्रेष्ठ बैङ्कहरू छनोट गरी सम्मानित गरेको हो । बैङ्कको विश्वसनीयता, वित्तीय स्रोत परिचालन, पहुँच विस्तार, रणनीतिक सम्बन्ध स्थापना, व्यावसायिक तथा ग्राहकमैत्री सेवाको विकास, क्रेडिट रेटिङलगायतका मापदण्डमा ग्लोबल आइएमई बैङ्क सन् २०२४ का लागि नेपालको उत्कृष्ट बैङ्क भएको हो ।

ग्लोबल फाइनान्स मेगजिनले अफ्रिका, एसिया प्यासिफिक, क्यारिबियन, मध्यअमेरिका, ल्याटिन अमेरिका, मध्य र पूर्वी युरोप, मध्यपूर्व, उत्तरअमेरिका र पश्चिमयुरोप क्षेत्रका उत्कृष्ट बैङ्कलाई सम्मान गरेको हो । ग्राहकको आवश्यकतालाई मध्यनजर गरी समय सान्दर्भिक नवीनतम सेवाहरू प्रदान गर्दै आइरहेको ग्लोबल आइएमई बैङ्कलाई ग्लोबल फाइनान्सबाट ‘नेपालको उत्कृष्ट बैङ्क’ को सम्मानले रचनात्मक सेवा प्रदान गर्न थप उत्साह हुने बैङ्कले जनाएको छ । ग्लोबल आइएमई बैङ्क मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैङ्क हो । 

बैङ्कको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखारहित बैङ्किङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर तथा तीन वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी एक हजार एक सय सेवा केन्द्र रहेका छन् । 

ग्लोबल आइएमई बैङ्कलाई सबैका लागि बैङ्क बनाउँदै बैङ्कले विभिन्न सेवा तथा सुविधासहितका योजनामार्फत आफ्ना ४६ लाखभन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लाभान्वित गरिरहेको छ ।