• ४ माघ २०८१, शुक्रबार

शिलान्यास भएको तीन वर्ष बित्दा पनि सुरु भएन मन्दिर निर्माण कार्य

blog

लहान–१३ गणेशपुरमा तीन वर्ष अघि शिव मन्दिर निर्माणका लागि शिलान्यास गरिएको स्थल । तस्बिरः जीवछ यादव

जीवछ यादव
लहान, जेठ १ गते ।
कुनै पनि धार्मिक सामाजिक कार्यका लागि निर्माण कार्य सुरु गर्नुभन्दा अगाडि भूमि पूजा गरेर शिलान्यास गर्ने धार्मिक मान्यता  छ । पूजा गरेर शिलान्यस गर्नु भनेको कार्य सुरु गर्नु हो । लहान नगरपालिका –१३ गणेशपुरमा शिव मन्दिर निर्माणका लागि शिलान्यास गरेको तीन वर्ष पूरा हुन लाग्यो, तर अझै पनि मन्दिर निर्माण कार्य सुरु हुन सकेको छैन ।

लहान–१३ गणेशपुर गाउँदेखि पश्चिम पक्कीटोल जाने बाटोमा शिव मन्दिर निर्माणको शिलान्यास तत्कालीन वडाध्यक्ष इश्वर बहादुर बस्नेतले गर्नुभएको थियो ।  शिलान्यास गर्दा एक वर्षभित्रै मन्दिर निर्माण गरिने लक्ष्य लिएर सुरु गरिएको थियो ।

मन्दिर निर्माण स्थलसँगै जोडिएको जग्गामा पोखरी खनेर माछापालन र भैँसीपालन सुरु गर्नुभएको दीपेन्द्र साहले व्यक्तिगत रुपमा नै मन्दिर निर्माण गरिदिने शर्तमा पूर्व वडाध्यक्ष बस्नेतको हातबाट शिलान्यस गराउनुभएको थियो । शिलान्यासपछि स्थानयि गणेशपुरवासीले सार्वजनिक जग्गामा हामी सबै गणेशपुरवासीले नै भव्य मन्दिर बनाउने निर्णय गरेपछि साह पछि हट्नुपरेको थियो ।

स्थानीय झिगुर रामका अनुसार दीपेन्द्र साहलाई मन्दिर निर्माण गर्न नदिएको गणेशपुरवासीले मन्दिर निर्माण कार्य अघि बढाउनुपर्दथ्यो । मन्दिर निर्माण स्थलमा राखिएको मन्दिर निर्माणको बोर्डको रङ्ग पनि उडि सक्यो । शिलान्यास गरेको खाल्डो पनि पुरिसक्यो । तर मन्दिर निर्माण कार्य अघि नबढ्दा यसले गणेशपुरवासी चिन्तित भएका छौं ।

गणेशपुर गाउँमा शिलान्यास भएको शिव मन्दिर निर्माणका लागि स्थानीय गणेशपुरवासीहरुको बिचमा सहमति जुट्न नसकेको र संघ प्रदेशको निर्वाचनमा मन्दिर निर्माण गरिदिइने सङ्घीय माननीयहरुले चासो नसदएपछि मन्दिर निर्माणको कार्य अघि बढ्न नसकेको स्थानीय प्रकाश चौधरीले बताउनुभयो ।

जब तीन वर्ष अघि शिलान्यास भएको मन्दिर निार्मण कार्य अघि बढ्न सकिरहेको छैन् भने अन्य विकासका कामहरु कसरी अघि बढ्ने व्यापक गुनासो भइरहेको स्थानीय जगवीर यादवले बताउनुभयो । शिलान्यास गरीदिने तर निर्माणम कार्य सम्पन्न नहुने प्रवृत्ति ठीक नभएको स्थानीयहरुको गुनासो गर्दै शिलान्यास गर्ने जनप्रतिनिधिले मन्दिर निर्माण कार्य पूरा गराउनुपर्ने माग गर्नुभयो ।