• ७ जेठ २०८१, सोमबार

चट्याङबाट तीन जना विद्यार्थी घाइते

blog

विशाल सुनार

दैलेख, वैशाख २६ गते । चट्याङ लागेर दैलेखमा तीन जना विद्यार्थी घाइते भएका छन् । घाइते हुनेमा नौमुले गाउँपालिका –६ स्थित शिवशक्ति माविका कक्षा ५ का अध्ययनरत अमर बहादुर चन्दको छोरा १० वर्षीय यामबहादुर चन्द, मानबहादुर रावतको छोरा ११ वर्षीय विश्वविकास रावत र कक्षा ७ मा अध्ययनरत पुरन गुरुङकी १२ वर्षीय छोरी लक्ष्मी गुरुङ हुन्। 

चट्याङमा घाइते भएका तीनै जनाको नौमुले प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। चन्द र गुरुङको शरीरको विभिन्न भाग जलेको छ भने रावतको पेटमा जलेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख सुनिल दाहालले जानकारी दिनुभयो । 

अपराह्न ४ बजे नौमुले गाउँपालिकाको सल्लेरीमा रहेको शिवशक्ति माविमा बिच भागमा चट्याङ  परेको थियो । विद्यालयको बिच भागमा चट्याङ पर्दा विद्यालयमा सामान्य क्षति भएको वडाध्यक्ष लालबहादुर चन्दले बताउनुभयो । 

अहिले दैलेख जिल्लाभर मेघ गर्जनसहित भारी वर्षा भइरहेको छ ।