• ७ जेठ २०८१, सोमबार

भलिबल खेलाडी बस्नेतलाई सुपर नेसनल नेपाल उपाधि

blog

काठमाडौँ, वैशाख २६ गते । नेपाली राष्ट्रिय भलिबल टोलीका खेलाडी धिरोजकाजी बस्नेतले ब्युटी प्रजेन्ट अन्तर्गत मिस्टर सुपर नेसनल नेपाल–२०२४ को उपाधि जित्नुभएको छ । 

यससँगै उहाँले आगामी जुनमा पोल्यान्डमा हुने मिस्टर सुपरनेसनल प्रतियोगितामा नेपालको प्रतिनिधि गर्नुहुनेछ । यसअघि बस्नेत ब्युटी प्रजेन्ट अन्तर्गतकै मिस्टर नेपाल नेसन्स–२०२३ को उपाधि पनि जित्नुभएको थियो । 

धिरोजले सन् २०२३ चीनमा भएको एसियाली खेलकुदमा बहराइनविरुद्ध नेपालका लागि डेब्यू गर्नुभएको थियो । उहाँले काभा भलिबलमा प्रतियोगितामा पनि नेपालको प्रतिनिधित्व गर्नुभएको थियो । साथै उहाँले सन् २०२२ मा नेपाली राष्ट्रिय यु–२३ टोलीको कप्तानी समेत गरिसक्नुभएको छ ।