• १६ भदौ २०८१, आइतबार

दक्षिण कोरियामा ९० हजार ८६७ कोरोनाका नयाँ सङ्क्रमित

blog

सोल, वैशाख ८ गते । दक्षिण कोरियामा गत २४ घण्टा अर्थात् बुधबार मध्यरातसम्म ९० हजार ८६७ कोरोनाका नयाँ सङ्क्रमित देखिएको छ । यसैसँगै कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या एक करोड ६६ लाख ७४ हजार ४५ पुगेको स्वास्थ्य अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् ।

कोरिया रोग नियन्त्रण र रोकथाम निकायकाअनुसार अघिल्लो दिन कोरोना सङ्क्रमतिको सङ्ख्या एक लाख ११ हजार ३१९ रहेको थियो । गत २४ घण्टा अर्थात् बुधबार मध्यरातसम्म कोरोना सङ्क्रमणको कारण थप १४७ मृत्यु भएको जनाइएको छ । यसैसँगै कोरोना सङ्क्रमणको कारण दक्षिण कोरियाका कुल मृतकको सङ्ख्या २१ हजार ६६७ पुगेको छ ।

साथै कोरोनाको कारण गम्भीर अवस्थामा रहेका सङ्क्रमितको सङ्ख्या अघिल्लो दिनको तुलनामा ३८ जनाले बढेर ८४६ पुगेको समाचारमा जनाइएको छ ।  दक्षिण कोरियामा कोरोना विरुद्वखोपको दुई डोज प्राप्त गर्ने व्यक्तिहरूको सङ्ख्या चार करोड ४५ लाख ३० हजार ४२५ रहेको छ । उक्त सङ्ख्या कुल जनसङ्ख्याको ८६.८ प्रतिशत भएको जनाइएको छ ।