• १३ साउन २०८१, आइतबार

उपनिर्वाचन : इलाममा एमालेकै अग्रता, सुहाङ दुई हजार २८२ मतले अगाडि

blog

कोकिला ढकाल

इलाम, वैशाख १७  गते । प्रतिनिधिसभा सदस्यका लागि इलाम निर्वाचन– २ को पछिल्लो मतगणना अनुसार आफ्ना प्रतिस्पर्धीलाई दुई हजार २८२ मतले पछि पार्दै नेकपा (एमाले) का सुहाङ नेम्वाङले अग्रता कायम राख्नु भएको छ । नेम्वाङले अहिलेसम्म सात हजार ६७७ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी, नेपाली कांग्रेसका डम्बरबहादुर खड्काको पाँच हजार ३९५ मत प्राप्त गर्नुभएको छ । स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले चार हजार ५८ मत र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलनकुमार योङहाङ लिम्बुले एक हजार १६२ मत प्राप्त गर्नुभएको छ ।

यो मत परिणाम फाकफोकथुम र चुलाचुली गाउँपालिकाको पाँच वटा वडाको हो । अब चुलाचुलीको बाँकी ६ नम्बर वडाको मत गणना जारी छ । अहिलेसम्म १८ हजार ९४८ मत गणना भइसकेको छ ।