• १ जेठ २०८१, मङ्गलबार

अग्रतामा सुहाङ अघि बढ्दै, एक हजार २६८ मतको अन्तर

blog

प्रेम अधिकारी

पशुपतिनगर, वैशाख १६ गते । प्रतिनिधिसभा सदस्यका लागि इलाम निर्वाचन क्षेत्र २ मा भएको उपनिर्वाचनको पछिल्लो मतगणनाको परिणाम सार्वजनिक भएको छ । परिणामअनुसार नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङ एक हजार २६८ मतले अग्रता लिनुभएको छ । उहाँले ५ हजार २७ मत ल्याउँदा उहाँको प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले ३ हजार ७५९ मत ल्याउनुभएको छ । 

त्यसैगरी तेस्रोमा पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बु र चौथोमा रास्वपाका उम्मेदवार मिलन लिम्बु कायमै रहनुभएको छ । डकेन्द्रको १९९६ मत आउँदा मिलनको ७६० मत आएको छ ।