• ३१ वैशाख २०८१, सोमबार

एमाले उम्मेदवार सुहाङ ७८० मतले अगाडि

blog

कोकिला ढकाल

इलाम, वैशाख १६ गते । इलाम निर्वाचन क्षेत्र २ मा भएको उपनिर्वाचनको पछिल्लो मतगणनाको परिणाम अनुसार नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङ ७८० मतले अग्रता लिनुभएको छ । उहाँले ३ हजार २४९ मत ल्याउँदा उहाँको प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले २ हजार ४६९ मत ल्याउनुभएको छ । 

त्यसैगरी तेस्रोमा पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बु र चौथोमा रास्वपाका उम्मेदवार मिलन लिम्बु रहनुभएको छ । डकेन्द्रको ७०३ मत आउँदा मिलनको ४३४ मत आएको छ ।