• २९ वैशाख २०८१, शनिबार

हात्तीको आक्रमणबाट वृद्ध घाइते

blog

फाइल तस्बिर ।

विष्णुप्रसाद पोखरेल

दमक, वैशाख १६ गते । हात्तीको आक्रमणबाट  झापाको मेचीनगरमा एक जना वृद्ध घाइते भएका छन् । मेचीनगर नगरपालिका ६ स्थित भानुटोलका ६५ वर्षीय हर्कबहादुर सुवेदी हात्तीको आक्रमणमा परी गम्भीर घाइते भएका हुन् । 

हात्तीको आक्रमणबाट सुवेदीको अनुहारमा गम्भीर चोट लागेको बताइएको छ । मेचीनगर नगरपालिका वडा नं. ११ हडिँया खोला नजिकै उहाँलाई हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

वृद्ध सुवेदी छोरीको घरमा पाहुना लाग्न जानुभएको थियो । उहाँको बिएण्डसी अस्पताल बिर्तामोडमा सघन उपचार कक्षमा उपचार भइरहेको छ ।