• २९ वैशाख २०८१, शनिबार

समाजवादी मकवानपुरको अध्यक्षमा दाहाल निर्वाचित

blog

समाजवादी मकवानपुरको अध्यक्षमा पुनः निर्वाचित हुनुभएका अध्यक्ष विष्णु प्रसाद दाहाल । तस्विरः अनिल पराजुली

अनिल पराजुली

हेटौँडा, वैशाख १६ गते । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को जिल्ला कमिटी मकवानपुरको अध्यक्षमा विष्णु प्रसाद दाहाल निर्विरोध निर्वाचित हुनुभएको छ । कमिटीको शनिवार र आइतबार भएको नवौँ जिल्ला अधिवेशनबाट तीन बर्से कार्यकालका लागि दाहाल निर्विरोध अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

यसअघिका जिल्ला अध्यक्ष समेत रहनुभएका दाहालको नेतृत्वमा ५८ सदस्यीय जिल्ला कमिटी चयन गरिएको हो । कमिटीको उपाध्यक्षमा कल्पना विश्वकर्मा, सचिवमा ध्रुव बहादुर भुजेल, उपसचिवमा टङ्कबहादुर मोक्तान, बेगम बराल, कविन पन्त निर्विरोध हुनुभएको छ । रिक्त रहेको एक उपाध्यक्ष र सदस्य पछि मनोनयन गरिने छ । निर्वाचित कमिटीको कार्यकाल तीन वर्षे रहने छ ।

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले शनिवार नवौँ जिल्ला अधिवेशनको शनिवार उद्घाटन गर्नुभएको थियो । जिल्लामा समाजवादीले चार हजार बढी सदस्य बनाइ सकेको दाबी गरेको छ ।