• २७ वैशाख २०८१, बिहिबार

इलाममा ४२ प्रतिशत मत खस्यो

blog

प्रेम अधिकारी 

पशुपतिनगर (इलाम), वैशाख १५ गते । इलाम निर्वाचन क्षेत्र–२ मा ४२ प्रतिशत मत खसेको छ । दिउँसो डेढ बजेसम्म अनुसार ४९ हजार मत खसेको हो । 

खसेको मत सङ्ख्याको आधारमा यो ४२ प्रतिशत हुन आउँछ । निर्वाचन क्षेत्र नं. २ मा १ लाख १५ हजार ८ सय ८७ मतदाता सङ्ख्या रहेको छ । एकसय ४९ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको निर्वाचन कार्यालयका पदाधिकारीहरूको भनाइ छ । 

बिहान सुस्त गतिमा खसेको मत दिउँसो चाप बढेको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । ६ पालिकाका ४२ वडामा मतदान भइरहेको छ ।