• २६ वैशाख २०८१, बुधबार

इलाम २ उपनिर्वाचन: उम्मेदवारले गरे मतदान

blog

प्रेम अधिकारी 
पशुपतिनगर(इलाम) वैशाख १५ गते । इलाम क्षेत्र २ मा मुख्य उम्मेदवारहरूले मतदान गरेका छन् ।  बिहान ७ बजे देखिनै यस क्षेत्रमा उत्साहजनक रूपमा मतदान भइरहेको छ । 

निर्वाचन क्षेत्रका एक सय ४९ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिनुभयो ।उहाँका अनुसार  बिहान ९ः ३० बजे सम्ममा ८ दशमलव ४५ प्रतिशत मत खसेको छ । इलाममा हाल सम्म ९ हजार सात सय ८७ मत खसेको छ । निर्वाचन क्षेत्रमा १ लाख १५ हजार ८ सय ८७ मतदाता सङ्ख्या रहेको छ ।

इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सबै केन्द्रमा हाल सम्म शान्तिपूर्ण रूपमा मतदान भइरहेको जानकारी दिनुभयो ।