• २६ वैशाख २०८१, बुधबार

चीनको ‘प्रिकाष्ट प्रविधि’ बाट पृथ्वीराजर्मामा पुल निर्माण (फोटो फिचर)

blog

चीनको ‘प्रिकाष्ट प्रविधि’ बाट म्याग्दे खोलामा पुल निर्माण गरिदैँ । तस्बिर: अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, वैशाख १५ गते । चीनको कम्पनीले पृथ्वीराज मार्गको पोखरा–मुस्लिन सडक विस्तार आयोजना अन्तर्गत पश्चिम खण्डमा ‘प्रिकाष्ट प्रविधिबाट’ पुल निर्माण भइरहेको छ ।  यस  खण्डको चिनियाँ ठेकेदार कम्पनी अनहुइ काई युआन हाइवे एन्ड ब्रिज कम्पनीले तनहुँको म्याग्दे गाउँपालिकामा पर्ने म्याग्दे खोला पुल, म्याग्दे गाउँपालिका र शुक्ल गण्डकी नगरपालिका जोड्ने कुम्ले खोला, शुक्ल गण्डकी नगरपालिका र पोखरा महानगरपालिका जोड्ने सेती नदीमाथि कोत्रेमा र पोखरा महानगरपालिकाको विजयपुरमा निर्माणको काम गरेको हो । 

छिटो निर्माण गर्न सकिने प्रिकाष्ट प्रविधिबाट पुल निर्माण गरिरहेको छ । निर्माण कम्पनीले तनहुँको म्याग्दे गाउँपालिकाको वडा नम्बर ४ र ५ जोड्ने म्याग्दे खोला माथि प्रिकाष्ट प्रविधिबाट पुलको स्लोप मिच्छाइएको चाइनिज कन्ट्रयाक्टरका इन्जिनियर अनुप श्रेष्ठले जानकारी दिनुभयो । यस चाइनिज प्रविधिबाट अन्य भन्दा छिटो पुल निर्माण गर्न सकिने श्रेष्ठले जानकारी दिनुभयो । पुलको आकार  हेरेर सामान्यतया १० महिनामै पुल निर्माण गर्न सकिने उहाँले जानकारी दिनुभयो चीनबाट उपकरण ल्याएर पुल निर्माण गरिएको उहाँले जानकारी दिनुभयो । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बिहीबार निर्माणाधीन मुस्लिन–पोखरा सडक खण्डको अनुगमन गर्नुभएको छ ।  चिनियाँ निर्माण कम्पनीका प्रतिनिधिसँग निर्माणाधीन सडकको अवस्थाका साथै प्रिकाष्ट प्रविधिमार्फत तनहुँको म्याग्दे खोलामा राख्न लागिएको पुललगायतका विषयमा जानकारी लिनुभएको थियो । 

एसियाली विकास बैङ्क (एडिबी) को ऋण सहयोगमा भइरहेको पश्चिम खण्डमा सडक विस्तार तथा स्तरोन्नति कार्य चीनको यनहुइ काइयुन हाइवे एन्ड ब्रिज कम्पनीले पाएको छ । यस खण्डका लागि सात अर्ब ४० करोड ४६ लाख ८१ हजारमा ठेक्का सम्झौता गरिएको थियो । इन्जिनियर श्रेष्ठले २३ प्रतिशत काम पुरा भएको जानकारी दिनुभयो । यातायात आवागमनलाई सहज बनाउन कालोपत्रेको कामलाई तीव्रता दिइएको उहाँले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार हाल सम्म ९ दशमलव दुई किलो मिटर एकतर्फी कालोपत्रे भएको छ । वर्षा याम सुरु हुनुभन्दा अघि नै १८ किलो मिटर कालोपत्रे गर्ने गरी काम तीव्र भइरहेको छ । पश्चिम खण्डको तनहुँको जामुनेदेखि पोखरा ३८ दशमलव ८८ किलोमिटर दूरीको जसमध्ये २० किलोमिटर दूरीमा छ लेनको बनाइने आयोजनाले जनाएको छ । 

आयोजनाको अनुसार राजमार्गको सहरी क्षेत्रमा सर्भिस लेनसहित छ लेन र अन्यत्र चार लेनको सडक बन्ने छ ।  गण्डकी प्रदेशको राजधानी समेत रहेको पर्यटकीय सहर पोखरालाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने प्रमुख सडकका रूपमा पृथ्वी राजमार्ग रहेको छ । सरकारले यो राजमार्गको विस्तार तथा स्तरोन्नतिको काम अघि बढाएको हो । एसियाली विकास बैङ्क (एडिबी) को सहुलियत ब्याज ऋण सहयोगमा पोखरादेखि मुग्लिङसम्मको दुई लेनको सडकलाई विस्तार गरी फराकिलो र स्तरीय बनाउनका लागि मुस्लिन–पोखरा सडक योजनामार्फत काम भइरहेको छ । राजमार्ग विस्तारको कार्य छिटो सम्पन्न गर्ने उद्देश्यले दुई भागमा विभाजन गरिएको छ ।  पोखराको पृथ्वीचोकस्थित सेती पुलदेखि तनहुँको म्याग्दे गाउँपालिकाको जामुनेसम्मको ३९ किमी क्षेत्र पश्चिम खण्डमा पर्दछ । यसै गरी जामुनेदेखि आँबुखैरेनीसम्मको ४३ किमी सडक पूर्वी खण्डमा पर्दछ ।