• २३ वैशाख २०८१, आइतबार

गोरखामा ट्रिपर दुर्घटना : चार जना घाइते, एकको अवस्था गम्भीर

blog

गोरखाको भिमसेन थापा गाउँपालिका–३ डाडाबेशीमा दुर्घटना भएको ट्रिपर । तस्बिर : गुणबहादुर रोका

गुणबहादुर रोका   
सुलीकोट, वैशाख १३ गते । 
गोरखाको भीमसेन थापा गाउँपालिका–३ डाडाबेशीमा ट्रिपर दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।

दुर्घटनामा परी घाइते हुनेहरूमा बारा जिल्ला कलैया नगरपालिका बस्ने २१ वर्षीय ट्रिपर चालक रोसन यादव, बारा जिल्ला गोमरिया गाउँपालिका–२ बस्ने २६ वर्षीय सहचालक रामविश्व पासवान, गोरखा भीमसेन थापा गाउँपालिका–२ ओख्ले स्थायी घर भएका ४३ वर्षीय महेन्द्र भट्टराई र सोही ठाउँकी ४० वर्षीया गङ्गा लामिछाने भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेश कुमार श्रेष्ठले जानकारी दिनु भयो ।

उहाँका अनुसार स्थानीयहरूले ट्रिपर दुर्घटना भएको खबर प्रहरीलाई गरेपछि तत्काल घटनास्थलमा प्रहरी टोली पुगेको थियो । प्रहरी टोली घटनास्थल पुग्नसाथ चार जना  घाइतेहरूलाई इलाका प्रहरी कार्यालय आरुघाटका प्रहरी टोलीले उद्धार गरी आरुघाट स्वास्थ्य चौकीमा उपचारका लागि लगिएको थियो ।

त्यसमध्ये एक जना गोरखा भीमसेन थापा गाउँपालिका–२ ओख्लेका ४३ वर्षीय महेन्द्र भट्टाराई भने गम्भीर घाइते हुनुभएको छ । उहाँलाई थप उपचारका लागि भरतपुर रिफर गर्न लागिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

ना ८ ख ५९३६ नम्बरको ट्रिपर वीरगञ्जबाट इट्टा लिएर आरुघाटतर्फ जाँदै गर्दा भीमसेन थापा गाउँपालिका– ३ डाडाबेशीमा बिहीबार दिउँसो १ः१५ बजे अनियन्त्रित भई सडकमै पल्टिएर दुर्घटना भएको हो । यस दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।