• १८ असार २०८१, मङ्गलबार

निर्वाचन निर्धारित समयमा हुनुपर्छ : अध्यक्ष ओली

blog

सन्तोष राउत

सोलुखुम्बु, वैशाख ५ गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले तोकिएको समयमा निर्वाचन हुनुपर्ने बताउनुभएको छ । एमाले सोलुखुम्बुले सदरमुकाम सल्लेरीमा सोमबार आयोजना गरेको चुनावी सभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभयो । 

निर्वाचनमा एमाले र गठबन्धन दलबीच मुख्य प्रतिस्पर्धा हुने उहाँले चर्चा गर्नुभयो । गठबन्धन दलको सामना गर्न एमाले तयार रहेको पनि उहाँले बताउनुभयो । एमाले विजयी भएमात्र मुलुकमा आर्थिक समृद्धि कायम हुने भन्नुहुँदै अध्यक्ष ओलीले सहयोग गर्न आग्रह गर्नुभयो ।

प्रदेस १ का पूर्व मुख्यमन्त्रि शेरधन राईले आगामी निर्वाचनमा एमालेले धेरै सिट जित्ने दाबी गर्नुभयो ।  राईले एमाले विकासको बाहक भएको बताउनुभयो ।  

कार्यक्रममा नेपाली काँग्रेसका महाधिबेशन प्रतिनिधि आङकाजी शेर्पाको नेतृत्वमा विभिन्न पार्टी परित्याग गरेका नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका थिए । महाधिबेशन प्रतिनिधि शेर्पालाई एमालेबाट मेयरमा टिकट दिने सहमति भएको एमाले स्रोतको बुझाई छ ।