• २१ वैशाख २०८१, शुक्रबार

जिप र मोरसाइकल दुर्घटना : १२ घाइते, एक गम्भीर

blog

रेखीराम राना

तानसेन, वैशाख ८ गते । पाल्पामा सवारी दुर्घटना हुँदा निस्दी–३, खाँदरमा जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । लु १ ज २५३५ नम्बरको जिप शुक्रबार राति ९ बजेतिर जन्ती लिएर निस्दी खाँदरबाट सहलकोटतर्फ जाने क्रममा भित्री कच्ची सडकमा दुर्घटना हुँदा जिपमा सवार १७ जनामध्ये १० जना घाइते भएको प्रहरीले जनाएको छ । 

घाइतेहरूको उपचारका लागि रामपुर अस्पतालमा पठाइएको छ । उनीहरूमध्ये सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । जिप चालक फरार रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । जिप सडकको छेउमा पिल्टएको अवस्थामा रहेको प्रहरीको भनाइ छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

चालक गम्भीर घाइते

यसैबिच कालीगण्डकी कोरिडोर सडक खण्ड अन्तर्गत रम्भा –१, असर्दीमा कार र मोटरसाइकल आपसमा ठोक्किदा दुई जना घाइते भएका छन् । घाइतेमध्ये रामपुर –५ बस्ने २० वर्षका सन्दिप सेन ठकुरी गम्भीर घाइते हुनुभएको छ । 

यस्तै, अर्का सोही स्थानका ६५ वर्षका मनबहादुर खाँड पनि घाइते हुनुभएको छ । घाइतेहरूको उपचार तानसेनस्थित लुम्विनी मेडिकल कलेज प्रभासमा भइरहेको छ । शुक्रबार बेलुकी ५ बजेतिर बा ११ च ६४४९ नम्बरको कार र लु ४१ प ४४७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।