• २० वैशाख २०८१, बिहिबार

आगलागीबाट ८७ वर्षीय वृद्धको मृत्यु

blog

दिवाकर पोख्रेल

देउखुरी, वैशाख ७ गते । दाङको लमही नगरपालिका–९ तरुलियामा आगलागी हुँदा १ जनाको मृत्यु भएको छ । आगलागीबाट लमही नगरपालिका –९ तरुलिया निवासी ८७ वर्षीय वीर बहादुर बोटका मृत्यु भएको हो ।  

बोटेको घर भित्र रहेका अत्यावश्यक कागजात लिन गएका बेला आगोको पर्नुभएको थियो ।  मृतक वीरबहादुर बोटेको गोठबाट सल्किएको आगोले उहाँको एक घर हुँदै उहाँका भतिजा पर्ने हुकुमबहादुर बोटेको एक घर गरी दुई घर एक गोठ जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक लाल बहादुर श्रेष्ठले जानकारी दिनुभयो । बिहीबार चार बजे आगलागी भए पनि लमही नगरपालिकाबाट झन्डै ३० किलोमिटरको दुरीमा रहेको उक्त गाउँमा दमकल पुग्न समय लागेको थियो ।  आगलागीबाट तीन वटा घर गोठ जलेर नष्ट भएका छन् । घर भित्र रहेको कुनै सामान निकाल्न नपाएको पीडितहरूको गुनासो छ ।

आगलागी भए लगत्तै लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगी, वडा नम्बर ९ का वडा अध्यक्ष भेष बहादुर केसी, वडा नम्बर ५ का वडा सदस्य केशव अधिकारी घटनास्थल पुग्नु भएको थियो । लमही नगरपालिका र गढवा गाउँपालिकाको दमकल, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा आएको हो ।